दलित समाचार » दलित र विपन्न वर्गलाई बैंकीङ्ग क्षेत्रमा पहुच पुर्याउन गाउं गाउंमा लघु वित्तिय संस्थालाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने |
||
| दलित र विपन्न वर्गलाई बैंकीङ्ग क्षेत्रमा पहुच पुर्याउन गाउं गाउंमा लघु वित्तिय संस्थालाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने
Posted: September 23, 2010 रुपा गहतराज कोहलपुर, असोज ६ गाउंका किसान दलित र विपन्न वर्गलाई बैंकीङ्ग क्षेत्रमा पहुच पुर्याउन गाउं गाउंमा लघु वित्तिय संस्थालाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने नेपालगन्जका बैंकका अधिकारीहरुले बताएका छन् । दलित सेवा संघ कोहलपुरले बुधबार नेपालगन्जमा आयोजना गरेको दलित र विपन्न बर्गका लागि आर्थिक कारोवारमा पहुंच विषयक कार्यक्रममा सहभागी भएका नेपालगन्जका सरकारी र नीजि बैंकका प्रमुखहरुले यस्तो बताएका हुन् । नेपाल राष्ट्र बैंक नेपालगन्जका सहायक प्रमुख भुवन वस्नेतले गाउंमा संचालन भएका सहकारी को स्तर हेहेर स्वावलम्बी विकास कोष मार्फत सुविधा दिन सकिने बताउनुभयो । नेपालगन्जमा खुलेका करिब एक दर्जन नीजि विकास बैंकले ग्रामिण भेगका नागरीकलाई सेवा दिन नसकेको स्वीकार गरेका छन् । उनीहरुले ग्रामिण भेगका किसानका लागि कुनै कार्यक्रम नभएको बताए । नीजि बैंकका शाखा प्रमुखहरुले गाउंमा आर्थिक कारोवार गर्ने अवस्था सिर्जना गरीए आफुहरु गाउं जान चाहेको बताएका छन् । कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट बैंक हिमालयन बैंक लगायत आधा दर्जन बैंकका शाखा प्रमुखहरुको सहभागीता थियो । « Go Back |
Supporters / Sponsors :
