दलित समाचार » संस्कृत विद्यालयमा दलितको बाहुल्य
संस्कृत विद्यालयमा दलितको बाहुल्य
Posted: September 21, 2010
माधव बराल, (कास्की), कुनैबेला ब्रा³मणका छोराहरुले मात्रै अध्ययन गर्ने संस्कृत पाठशालामा अहिले दलित र जनजाति विद्यार्थीहरुको बाहुल्य रहेको छ।

पोखराको बगरमा रहेको संस्कृत माविमा मजदुरीबट जीवन धान्दै आएका गरिब दलित र जनजातिका छोराछोरीहरुले अध्ययन गरिरहेका छन्। संस्कृत पढ्नभन्दा पनि विद्यालयमा निःशुल्क पढ्न पाइने र विभिन्न किसिमका छात्रवृत्तिहरु पनि रहेकोले गरिब दलित र जनजाति विद्यार्थीको आकर्षण बढेको हो।

अन्य निजी तथा सरकारी विद्यालयहरुमा शुल्क तिर्नुपर्नेभए पनि सो विद्यालयले विपन्न र दलित विद्यार्थीहरुलाई छात्रवृत्ति व्यवस्था गरेपछि विद्यालयप्रति आकर्षण बढेको विद्यालयका शिक्षकहरु बताउँछन्।

पहिले ब्रा³मणहरुको विद्यालय भनेर चिनिने विद्यालय अहिले दलित र जनजातिको विद्यालयका रुपमा परिचित हुन थालेको विद्यालयका प्रधानाध्यापक दामोदर बास्तोलाले बताए। विद्यालयमा अध्ययन गर्ने कुल १ सय ७५ विद्यार्थीहरुमध्ये ४० जना दलित र ८१ जना जनजाति रहेको बाँस्तोलाले जानकारी दिए। बाँस्तोलाका अनुसार बाँकी विद्यार्थीमा पनि ब्रा³मणबाहेक अन्य विद्यार्थीहरुको संख्या धेरै रहेको छ।

विद्यालयमा अध्ययन गर्ने सबै वर्गका विद्यार्थीहरु संस्कृत पढ्न नभई आर्थिक अवस्था कमजोर भएकोले छात्रावृत्ति पाउने आशामा सो विद्यालयमा आउने गरेको भनाइ शिक्षकहरुकॊ छ। विद्यालयमा कुनै पनि प्रकारका शुल्क लाग्दैन भने विद्यालयले कक्षा आठभन्दा माथिका कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई मासिक रुपमा क्रमशः कक्षा ८ मा १ सय कक्षा ९ मा २ सय र कक्षा १० मा ५ सय रुपियाँ छात्रवृत्तिको व्यवस्था गरेको छ।

यसै गरी जिल्ला शिक्षा कार्यालयले सबै दलित र अन्य वर्गका विद्यार्थीहरुमध्ये कुल छात्राहरुमध्ये ५० प्रतिशत छात्रालाई छात्रवृत्तिको व्यवस्था गरेको छ। यसबाहेक सो विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई सिद्धार्थ क्लब इन्दे्रणी क्लब यशोदा छात्रवृत्ति कृष्णप्रसाद अक्षयकोष छात्रवृत्तिलगायत एक दर्जनभन्दा बढी संघसंस्था र व्यक्तिहरुले छात्रवृत्तिको व्यवस्था गरेका छन्। विद्यार्थीहरुलाई आकर्षण गर्न यतिका प्रयासहरु भएको भए पनि विद्यालयको अवस्था र भविष्य भने सन्तोषजनक छैन।

कास्कीलाई भारतको प्रसिद्ध शैक्षिक नगरी काशीको विकल्पको रुपमा प्रसिद्धि दिलाउन सफल भएको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दैजाँदा अहिले आफ्नै परिचय दिन नसक्ने अवस्थामा पुगिसकेको छ। समय र विद्यार्थीको चाहानाअनुसार पाठ्यक्रम र पाठ्य सामग्रीमा परिमार्जन हुन नसक्दा र शिक्षासम्बन्धी नीतिहरु निमार्ण गर्ने बेलामा संस्कृत विद्यालयको भविष्य र निरन्तरताका लागि ध्यान पुर्याउन नसक्दा देशभरिका संस्कृत विद्यालयहरु लोप हुने अवस्थामा पुगेका छन्।


« Go Back
Supporters / Sponsors :