दलित समाचार » दलित बस्तीमा एसएलसी उत्तीर्ण नै छैनन् |
||
| दलित बस्तीमा एसएलसी उत्तीर्ण नै छैनन्
Posted: September 21, 2010 पर्वत/ अहिले एसएलसी उत्तीर्ण हुने कुरा सामान्य बन्न थालिसकेको छ। तर पर्वतका कुनै बस्तीहरु यस्ता पनि छन् जहाँ एसएलसी उत्तीर्ण व्यक्ति भेट्नै सकिँदैन। यस्तै बस्तीमध्ये एक हो कटुवाचौपारी गाविस-६ छेउखन्ना बस्ती। आर्थिक अभावका कारण बालबालिकाले बीचमै पढाइ छाड्दै आएकाले एसएलसीसम्म अध्ययन गरेका सदस्य यो समुदायमा नभएका हुन्। पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारसँगै जोडिएको छ छेउखन्ना दलित बस्ती। छेउखन्नामा दुई दर्जनभन्दा बढी घर रहेका छन्। यो बस्तीलाई नेपालकै सबैभन्दा अग्लो कुश्मा-ज्ञादी झोलुंगे पुलले सदरमुकाम कुश्माबजारलाई जोडेको छ। शिक्षाको ज्योतिले कहिल्यै जोडिन सकेन। -स्थानीय अर्जुन दर्जी भन्छन्। यहाँका बासिन्दाको आम्दानीको प्रमुख स्रोत भनेको ज्याला मजदुरी हो। परिवारका जेष्ठ सदस्य मजदुरीका लागि जाने भएपछि बालबालिका पनि विद्यालय छाडेर अभिभावकसँगै काममा जाँदै आएका छन् भने घरमा भाइबैनीको स्याहारका लागि पनि विद्यालय छाडेर घरमै बस्दै आएका छन्। गाउँका केही युवा विदेशिएका छन्। ज्यालामा नगए बिहान-बेलुका मुखमा माड लाग्दैन -आठ कक्षासम्म पुगेपछि विद्यालय छाडेका अर्जुन दर्जी भन्छन्- दलितका छोराछोरीले एसएलसीसम्म पढ्ने बेला काममा जानुपर्ने भएकाले पढाइ पूरा गर्न सकेका छैनन्। बालिबाले सानै उमेरमा विवाह गर्दै आएका छन् यो बस्तीमा। छेउखन्ना गाउँका बालबालिकाहरु आजकल विद्यालय जान थालेका छन्। तर उनीहरु सबै जना एसएलसीसम्म पुग्ने कुरामा अभिभावकसमेत विश्वस्त देखिँदैनन्। सरकारले दलित विद्यार्थीका लागि प्रदान गर्दै आएको छात्रवृत्तिसमेत यी बालबालिकाले सदुपयोग गर्न पाएका छैनन् । छात्रवृत्ति रकम अभिभावकले अरु काममा नै खर्च गरिदिने भएकाले विद्यार्थीहरु पढाइ बीचमै छाड्न बाध्य हुँदै आएको पनि अभिभावकहरु बताउँछन्। विद्यार्थीले आफ्ना लागि रकम जुटाउन पनि सक्दैनन् -स्थानीय यामबहादुर परियार बताउँछन् । « Go Back |
Supporters / Sponsors :
