दलित समाचार » गुल्मीको दलित बस्तीमा झाडा पखालाको प्रकोप
गुल्मीको दलित बस्तीमा झाडा पखालाको प्रकोप
Posted: September 21, 2010
गुल्मी, असोज ४। सदरमुकामबाट १० कोष टाढा पर्ने गुल्मीको विकट गाविस म्यालपोखरी र मलायागीरीमा पखालाको प्रकोप फैलिएको छ । म्यालपोखरी गाविस–१ र ९ रहेको दलित बस्तीमा झाडापखालाको प्रकोप फैलिएको हो। एक सातादेखि दुई गाविसमा फैलिएको पखालाबाट एकसयभन्दा बढी प्रभावित भएका म्यालपोखरी– ३ का सुधीर सेनले बताए । पखालाबाट म्यालपोखरीमा झन्डै ७० र मलायागिरीमा ३०–३५ जना बिरामी परेको उपस्वास्थ्यचौकी म्यालपोखरीका अहेव जयलाल पन्थीले बताउनुभयो। छिमेकी गाविस मलायागिरीमा समेत प्रकोप फैलिएको पन्थीको भनाइ छ। गाउँका युवा र वृद्धहरु पखालाबाट बढी प्रभावित भएको बताइएको छ। प्रकोप फैलिएको थाहा पाएपछि स्वास्थ्यकर्मी श्रीकृष्ण भट्टराईको नेतृत्वमा औषधिसहित टोली त्यसतर्फ पठाइएको जिल्ला अस्पतालका प्रमुख डाक्टर भेषराज पोखरेलले बताउनुभयो। भाइरल ज्वरोका कारण गुल्मीको छापहिले गाविसमा एक महिलाको मृत्यु भएको छ। ज्वरोका कारण छापहिले गाविस– ४ निवासी ७२ वर्षीया गोमती खड्काको आइतबार साँझ मृत्यु भएको हो। लगातार एकसातादेखि ज्वरो आएपछि खड्काको मृत्यु भएको स्थानीय सावित्रा खड्काले बताए। तीजभन्दा अगाडिदेखि ज्वरोले थलिए पनि उपचार गर्ने आफन्त कोही नभएपछि स्थानीय बासिन्दाले उपचारका लागि स्थानीय मेडिकलमा लगेका थिए।

« Go Back
Supporters / Sponsors :