दलित समाचार » दलित बालबालिकाको १ करोड १० लाख स्वाहा |
||
| दलित बालबालिकाको १ करोड १० लाख स्वाहा
Posted: September 16, 2010 वीरगंज, ३० भदौ। नेपाल सरकारले स्थानीय बिकास मन्त्रालय मार्फत पर्सा जिल्लाका ८२ गाबिसहरू मध्ये ६४ गाबिसहरूका लागि दलित बालबालिकाहरूलाई पठाएको १ करोड १० लाख रूपैयाँमा भ्रष्टाचार भएको खुलासा भएको छ। दलित जनजाति पार्टी पर्साका अध्यक्ष दिनेश रामले बुधवार एक प्रेस विज्ञप्ति जारी गरी सो रकम असोज महिना भित्र नबांडेमा कडा आन्दोलन गर्ने चेतावानी दिइएका छन्। बिज्ञप्तिमा औराहा, लगडी, मसिहानी, मिर्जापुर, भिस्वा, भौराटार, सुगौली बिर्ता, बागेश्वरी तित्रौना, नगरदाहा गाबिसहरूमा सो रकम बितरण नगरिएको उल्लेख छ। « Go Back |
Supporters / Sponsors :
