दलित समाचार » छोरीको आँखाको अप्रेसनका लागि घर घरमा सहयोग माग्दै बाबु आमा |
||
| छोरीको आँखाको अप्रेसनका लागि घर घरमा सहयोग माग्दै बाबु आमा
Posted: September 13, 2010 रुपा गहतराज नेपालगंज भदौ २८ ![]() पूलबाट खसेर ३ बर्ष अघि आखा नदेख्ने भएकी महादेवपुरी -६ बालापुरकी रिमा बि.क ९ बर्षको उमेरमा पनि बिद्यालय जान सकेकी छैनन । आमा सानी र बुवा धनवहादुर रिमाको उपचार खर्च जुटाउन अर्काको घर र पसलमा सहयोग माग्दै हिडेका छन् । ६ बर्षको उमेरमा साथीहरुसंग खेल्दै गर्दा घर नजिकैको पूलबाट खसेपछि रिमाको टाउकोमा गम्भिर चोट लागेको थियो । त्यसको एक महिनापछि उनका दुवै आखाले देख्न छाडे । एक कक्षामा भर्ना गरेका थियौ । बोल्नमा सबैलाई जित्छे तर आखा नदेख्ने भएपछि स्कूल पठाएनौं-बुवा धनबहादुरले भने । पढ्ने उमेरमा बिद्यालय जान नसकेपछि वुवा आमा चिन्तित् छन् । नेपालगन्ज र कोहलपुर अस्पतालमा उपचार सम्भव भएन । डाक्टरहरुले अप्रेशन गरे आखा देख्न सक्छिन भनेका छन् ।आमा सानीले भनिन्-लखनउमा अप्रेशन हुन्छ रे । सानीका अनुसार डाक्टरले उपचारमा एक लाख लाग्ने बताएका छन् । घरकी कान्छि छोरी रिमाको उपचार खर्च जुटाउन बुवा आमा पसल र घर-घर धाइरहेका छन् । तर कतैबाट सहयोग जुटेको छैन् । महादेवपुरी गाविसले एक हजार सहयोग बाहेक अरु केही गरेको छैन । « Go Back |
Supporters / Sponsors :


