दलित समाचार » दलित महिला माछापालन व्यावसाय तर्फ
दलित महिला माछापालन व्यावसाय तर्फ
Posted: September 13, 2010

परासी,भदौ २७/ नवलपरासीको सरावल गाउँ विकाश समितिका दलित महिलाहरू यतिबेला माछा          पालन व्यावसायबाट आम्दानी गरि विभिन्न आयमुलक कार्य सुरू गरेका छन् ।
सरावल गाविस वडा नम्बर ७ गोबरहियाका दलित महिलाको समुहले माछा पालनबाट भएको आम्दानी बचत गरि अहिले तरकारी खेति बाखा्र पालन लगायतका कार्यहरू गर्न थालेका छन् ।२ बर्ष पहिले गाविस भित्र प्रयोग विहिन  अवस्थामा रहेको १० कठाको पोखरी गाउँ समाजबाट लिएर दलितमहिलाहरू माछा पालन व्यावसाय सुरू गरेका हुन् ।
अहिले पोखरीबाटै भएको आम्दानीबाट कोष स्थापना गरेको समुहकी अध्यक्ष सहदिनी मुसहरले बताईन  । यस बर्ष पनि १० हजार रूपैयाँ आम्दानी गर्ने  लक्ष्य रहेको उनले बताईन ।
« Go Back
Supporters / Sponsors :