दलित समाचार » डोम भएकै कारण खोलाको पानी खान बाध्य !
डोम भएकै कारण खोलाको पानी खान बाध्य !
Posted: September 8, 2010

लहान : उपल्लो जातिका मानीसहरुले र्सार्वजनिक इनारबाट पानी खान नदिएपछि रिहा चन्द्रउदयपुर गाविस ९ डन्डाटोलका डोम समुदायका मानिस लामो समयदेखि घुर्मीखोलाको धमिलो पानी खान बाध्य छन् । खोलाको धमिलो पानी खाँदा चार घर डोम समुदायका दर्जनौ बालबालिका रुघा खोकी, ज्वरो, झाडापखला जस्ता रोगबाट विरामी परेका छन् ।

सार्वजनिक इनारलाई आफ्नो निजी सम्पति ठानेर त्यहाँका उपल्लो जात भनिने कोइरी, यादव, चमार, मुसहर, केवट, धानुक जातिले हामीलाई पानी भर्न नदिँदा बाध्य भई खोलाको पानी खाइरहेका छौं, राजेन्द्र मुलिक भन्छन । खुला आकासमुनी गाउँभन्दा टाढा र एउटा आँपको बगैचामा डोम समुदायका चारघर परिवार वस्दै आएका छन् । सार्वजनिक इनारमा उपल्ला जातिले पानी खान नदिनु कानुनी राज्यको उपहास हो र त्यस्ता मानिसलाई दँडित गरिनुपर्छ मानव अधिकार संगठनका अध्यक्ष राजकुमार राउतको भनाई छ । 'उपल्ला जातिका मानिसले तिमीहरु डोम जाति हौ, तिमीहरुले इनारका पानी खान पाउदैनौ भनेर हप्काउने गरेकाले हामीले एक किलोमिटर हिँडेर घुर्मीखोलाको पानी ल्याएर खाने गरेका छौं' आफ्नो बेदना सुनाउँदै शान्ति मलिकले भनिन् । गाउँमा एक दर्जन सार्वजनिक इनार छन तर उपल्ला जातिका मानिसहरु आफ्नो निजी इनार भनेर कब्जा गरी हामीलाई पानी खान दिँदैनन । स्थानीय रामवतार मलिक भन्छन् 'हामीलाई पानी खान खोज्दा माथिल्लो जातको भनाउनेहरुले कुटपिट गर्ने, गाली बेइज्जति गर्ने गर्दछन । चमार जाति पनि दलित हो उनले त्यही इनारमा पानी खाँदा छोइदैन तर हामी डोम समुदायका मानिस पानी लिन जाँदा त्यहाँका मानिसले तिमी डोम हौ पानी दिन्नौ भनेर हप्काउने गर्दछन' पुनिता मलिक भन्छिन । पुर्खौदेखि इनारको पानी खाँदै आएका डोम समुदायका व्यक्तिहरुले विगत २५ वर्षदेखि एकाएक पानी खान प्रतिवन्ध लगाएपछि उनीहरुको जीवन कष्टकर बनेको छ । डोमले बनाएको बाँसको ढाकी नाङलो जस्ता सामग्री प्रयोगमा ल्याउने तर पानी लिन जाँदा इनार नछोउ भनेर अपहेलना गर्ने प्रवृति मानव सभ्यताको कलंक भएको स्थानीय गाउँलेहरु बताउँछन् ।
स्रोत : गोरखापत्र दैनिक, ०६७ भदौ २१
« Go Back
Supporters / Sponsors :