दलित समाचार » कपिलवस्तु खोरिया गाउँका दलित समुदाय बंगुर पालन तर्फ आकर्षित
कपिलवस्तु खोरिया गाउँका दलित समुदाय बंगुर पालन तर्फ आकर्षित
Posted: September 6, 2010
कपिलवस्तुस्थित सिहोखोर गाविसको खोरिया गाउँका दलित समुदाय आजभोलि बंगुर पालन तर्फ आकर्षित हुन थालेका छन्। खेती योग्य जमिन नदीले कटान गरी बगरमा परिणत गरेपछि अहिले खोरिया गाउँका करीब ३० दलित परिवार बंगुरपालन तर्फ आकर्षित भएका हुन्। बाबुबाजेले एक दुई जोडी बंगुर परम्परागत रुपमा पाल्दै आए पनि आज भोलि यी समुदायले भने यो पेशालाई व्यवसायिक रुपमा अंगालेका छन्। बंगुरपालनबाटै आफ्नो राम्रैसंग गुजारा चलेको उनीहरु बताउँछन्।
कम लगानीमा हुने भएकाले समेत उनीहरु यो पेशामा आकर्षित भएका हुन्। नदी बगरमा बंगुर चराउन सकिने भएको कारण यो पेशा गर्न उनीहरुलाई निकै सजिलो भएको छ। आफुहरुले पालेको बंगुर तौलिहवा तथा बुटवल भैरहवाका व्यापारीले गाउँमै आएर खरिद गर्ने हुँदा बाजारिकरणको समेत समस्या नभएको उनीहरु बताउछन्। सदरमुकाम तौलिहवा आफ्नो गाउँबाट टाढा भएका कारण भने उनीहरुले बंगुरमा अचानक देखिने विभिन्न रोगको उपचारका लागि पशु सेवा कार्यालयबाट कुनै सहयोग पाउन नसकेको गुनासो गरेका छन्। घरपरिवार सवै मिलेर सजिलौ पाल्न सकिने भएका कारण अन्य क्षेत्रका कृषकहरुका लागि पनि खोरिया गाउंका यी बंगुर पालक कृषकहरु उदाहरणीय बनेका छन्। पशुपालक कृषकका लागि सरकारले पशुसेवा कार्यालयलाई जिम्मवारी दिए पनि सो जिम्मेवारी अनुसारको सेवा गरीब, विपन्न तथा ग्रामीण भेगमा पुग्न नसकेको स्थानियवासीको गुनासो छ।
Source: http://www.avenues.tv/
 


« Go Back
Supporters / Sponsors :