दलित समाचार » दलितलाई विशेषाधिकारको व्यवस्था हुनुपर्ने माग
दलितलाई विशेषाधिकारको व्यवस्था हुनुपर्ने माग
Posted: September 6, 2010
दलित अधिकारकर्मीले जातीय विभेद अन्त्यका लागि निश्चित समयसम्म विशेषाधिकारको व्यवस्था हुनुपर्ने माग गरेका छन्। दलित कल्याण संघले आज राजधानीमा आयोजना गरेको अन्तर्क्रियामा सहभागी अधिकारकर्मीले यस्तो माग गरेका हुन। आरक्षणको व्यवस्थाले दलित प्रतिनिधित्वलाई वैधानिकता प्रदान गर्ने हुँदा निश्चित समयसम्म विशेषाधिकार दिइनुपर्ने उनीहरुको भनाइ थियो। कार्यक्रममा दलित अधिकारकर्मीको भनाइप्रति समर्थन जनाउँदै एकीकृत माओवादीका सचिव सीपी गजुरेलले दलितलाई निश्चित समयसम्म क्षतिपुर्तिसहितको विशेषाधिकार दिनुपर्ने बताउनुभयो।
त्यस्तै, नेपाली कांग्रेसका नेता डाक्टर नारायण खड्काले पनि निश्चित कार्यक्रम बनाएर दशवर्षभित्र बिभेद उन्मुलन गनुपर्ने बताउनुभयो।
पत्रकार कनकमणि दीक्षित, प्राध्यापक डाक्टर विद्यानाथ कोइराला लगायतले नयाँ संबिधानमा दलितका अधिकारलाई मौलिक हकको रुपमा राख्न सुझाव दिनुभयो।

« Go Back
Supporters / Sponsors :