दलित समाचार » लाहाचोकको दलित पक्की विद्यालय भवनको शिलान्यास |
||
| लाहाचोकको दलित पक्की विद्यालय भवनको शिलान्यास
Posted: September 6, 2010 हुम तमु
पोखरा, भदौ १९ - कास्कीको लाहाचोक स्थित दलित विद्यार्थी मात्रै अध्ययन गर्ने जनजागरण प्राविमा थप भवन निर्माण हुने भएको छ । भवन अभावमा एउटै कोठामा दुइ वटा कक्षा सञ्चालन हुदै आएको उक्त विद्यालयमा थप भवन निर्माण हुने भएपछि अव कक्षा सञ्चालनको लागी समस्या हट्ने भएको छ । सामाजिक कार्यमा सक्रिय लायन्स क्लव अफ पोखराले दुई कोठे पक्की भवन निर्माण गर्न आज शिलन्यास गरेको हो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा लायन्स क्लव अफ मुनालका अध्यक्ष चन्द्र वहादुर कुंवरले भवनको शिलन्यास गर्नुभएको थियो । करिव पाँच लाख रुपैयाको लागतमा निर्माण गरीने उक्त भवन तीन महिना भित्र निर्माण कार्य पुरा गरीने भवन निर्माण समितीका संयोजक कविराज पौडेलले जानकारी दिनुभयो । पक्की भवन निर्माण हुने भएपछि अव ढुक्कसंगै विद्यार्थीलाई अध्यापन गराउने पाइने विद्यालयका प्र अ निशा सुनारले बताउनुभयो । भवन निर्माणको लागी लाहाचोक पुगेका क्लवका सदस्यहरुलाई स्थानिय वासिन्दाले फुल मालाले स्वागत समेत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामलाल परीयारको
अध्यक्षतामा भएको कार्यक्रममा क्लवका सचिव दिलीप सुवेदी, इञ्जिनियर भरत
मानन्धर, रोशन महर्जन, तेजनारायण पराजुली, किशन वुद्धाचार्य लगायतले दलित
वस्तीमा रहेको विद्यालयलाई सहयोग गर्न पाएकोमा खुःशी व्यक्त गरेका थिए ।
उक्त विद्यालयमा हाल एक २० जना दलित विद्यार्थीहरु अध्ययनरत रहेका छन्। Souce: http://www.gorkhalionline.com « Go Back |
Supporters / Sponsors :
