दलित समाचार » दलित भनी हेला गरेको भन्दै आपत्ति |
||
| दलित भनी हेला गरेको भन्दै आपत्ति
Posted: September 6, 2010 अम्भिरप्रसाद वि.क. लमजजुङ गाउँशहर गाउँ विकास समिति वडा नं २ दनाईगाउँ निवासी काजीराम परियारले जातियताको सवाललाई लिएर आफुलाई दुव्र्यवहार भएको वताउनु भएको छ । श्रीकृष्ण जन्माष्टमीका दिनमा बेसीशहरको िझंगेखोल नजिकै वस्दै आएका ज्योतिषले आफुलाई दलित भनी भेदभाव पूर्ण व्यवहार गरेको विज्ञप्ती मार्फत जानकारी गराइएको हो । ज्योतिषी गोपाल उपाध्ययले पूजा गरिसके पछि टिका लगाई दिने क्रममा दलित जातिको व्यक्ति भएकोले छुनु हुदैन टिका हातमा थाप भन्दै जातिय भेदभावपूर्ण व्यवहार गरेको र सो दुव्र्यवहारले मेरो व्यक्तिगत रुपमा र िसंगो उत्पीडित समुदायकै अपमान गरको ठहर मैले गरेको छु विज्ञप्तीमा उल्लेख गरिएको छ । जातिय आधारमा कोही कसैलाई भेदभाव गर्नु वा दुव्र्यवहार गर्नु आफैंमा कानुनीरुपमा अपराध भएको र सामाजिक रुपमा निन्दनीय कार्य हुँदाहुँदै पनि आफु माथि यस्तो दुव्र्यवहार भएकोमा ज्योतिष उपाध्ययको दुव्र्यवहार समय सापेक्ष र गणतान्त्रिक नयाँ नेपालमा नसुहाउँदो भएको ठहर काजीराम परियारद्धारा हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ । यता यो घटनाको सम्बन्धमा ज्योतिष पण्डित गोपाल उपाध्यायले घटनाप्रति असन्तुष्टी व्यक्त गर्नुभएको छ । उपाध्यायले एक विज्ञप्ती जारी गर्दै श्रीकृष्ण जन्माष्टमीका दिनमा परियार आफ्नो घरमा आएकोमा सानोजात भएको हुनाले टिका नलगाई दिएको नभई उनले मदिरासेवन गरेको हुनाले टिका नलगाई दिएको बताउनु भएको छ । विज्ञप्ती मार्फत् पण्डित उपाध्यायले आफुलाई जातियरुपमा कुनैपनि आग्रह र पूर्वाग्रह नभएको पनि बताउनु भएको छ । सो घटनाका सम्बन्धमा पीडित भनिएका काजीराम परियारसँग सम्पर्क गर्दा आफुमाथि दुव्र्यवहार भएको कुरा सत्य भएको बताउनु भएको छ । « Go Back |
Supporters / Sponsors :
