दलित समाचार » संविधानसभाका विषयगत समितिहरुको प्रतिवेदनहरु दलित पक्षबाट विश्लेषण हुने |
||
| संविधानसभाका विषयगत समितिहरुको प्रतिवेदनहरु दलित पक्षबाट विश्लेषण हुने
Posted: September 2, 2010 काठमाडौं संविधानसभा अन्तर्गतका विभिन्न विषयगत समितिहरुले तयार पारेको प्रतिवेदनहरुलाई दलित समुदायका विज्ञहरुले दलित दृष्टिकोणबाट विश्लेषण गरी समितीका प्रतिवेदनहरुमा नसमेटिएका दलित सवालहरुलाई समेट्नका लागि थप सुझाव दिन दलित गैरसरकारी संस्था महासंघको आयोजनामा दलित गैरसरकारी संस्था महासंघराष्ट्रिय दलित आयोग उपेक्षित उत्पीडित वर्ग उत्थान विकास समिति र राजनीतिक दलहरुका दलित भातृ संगठनहरुका प्रतिनिधिहरुको छलफल भाद्र १६ गते काठमाडौंमा सम्पन्न भयो । छलफलमा संविधानसभा अन्तर्गतका विषयगत समितिहरुले तयार परेको प्रतिवेदनमा दलित सवालहरु कति समेटिएका छन् र नसमेटिएका दलित सवालहरुलाई कसरी समावेश गराउन सकिन्छ र यसलाई विश्लेलण गर्न एक प्राविधिक तथा विशेषज्ञ समिति गठन गर्नेे विषयमा छलफल भयो । छलफलले संविधानसभा अन्तर्गत रहेका विषयगत समितिहरुलाई थप सुझाव दिनको लागि प्राविधिक तथा विशेषज्ञ समिति गठन गर्ने निर्णय गर् यो । साथै विभिन्न दलित संघ संस्थाहरुले दलित दृष्टिकोणबाट गरेका विषयगत समितिहरुको दस्तावेजलाई महासंघले एकिकृत गरी प्राविधिक तथा विशेषज्ञ समितिले त्यसलाई फेरी विश्लेषण गरी संयुक्त दलित राजनीतिक संघर्ष समितिसँग थप छलफल गरी सकेपछि संविधानसभाका विषयगत समितिहरुलाई सुझाव दिनेछ । छलफलमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा एकिकृतका पद्मलाल विश्व्कर्मा जातीय समता समावका केशमान विश्वकर्मा नेपाल दलित संघका मुक्तबहादुर महते राष्ट्रिय दलित आयोगका जीवन परियारनेपाल सद्भावना पार्टी दलित माचका रामचन्द राम मधेशी दलित फोरम लोकतान्त्रिकका लालबाबु महरा दलित गैरसकरकारी संस्था महासंघका गजाधर सुनार लगायतका सहभागी थिए । « Go Back |
Supporters / Sponsors :
