प्रेस विज्ञप्ती » उत्पीडित दलित समुदायको संजाल धवलागिरीको पे्रस विज्ञप्ती |
||
| उत्पीडित दलित समुदायको संजाल धवलागिरीको पे्रस विज्ञप्ती
Posted: September 2, 2010 मितिः२०६७/०५/१६ समाज तथा राज्यमा स्वतन्त्र तथा सम्मानपुर्ण तरिकाले बाच्न पाउने अधिकार व्यक्तिको नैस्रगिक अधिकार हो । यो अधिकारको उल्लधन कुनै निकाय संस्था तथा नागरिकले गर्न पाउँदैनन । यही सिद्धान्त बमोजिम अन्तरिम संविधान २०६३ ले प्रत्येक नागरिकलाई राज्यमा सम्मानपुर्ण तरिकाले बाँच्न पाउने र व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरण गरिने छैन भनि व्यक्तिको सम्मानपुर्वक बाँच्न पाउने अधिकारलाई मौलिक हकको रुपमा नै व्यवस्था गरेको छ । संविधान तथा कानूनको मुल मर्मलाई कार्यान्वयन गर्नको लागि कानूनद्धारा तोकीएको प्रकि्रयालाई नै आत्मसाथ गरी अगाडी बढन सकियो भनेमात्र देशमा शान्ति अमनचयन र सामाजिक विभेदरिहत समाजको स्थापना गरि नागरिकहरुका हक अधिकारहरुको संरक्षण सम्बद्र्धन गर्न सकिन्छ । संविधान तथा विभिन्न ऐन कानूनहरुले नागरिकहरुका हक अधिकारहरुलाई सुनिश्चित गरेतापनी कानुनलाई हातमा लिएर नागरिकहरुका अधिकारहरु उल्लघन गर्ने क्रम भने दिनानुदिन बढ्दै गईरहेको छ । यस्तै घटना मुस्ताङ्ग जिल्लामा दोहोरिएको छ । मुस्ताङ्ग जिल्ला निवासी यस उत्पीडित दलित समुदायको संजाल धवलागिरीका सदस्य एंव हिमालपारीको आवाज साप्ताहिक पत्रिकाका प्रधान सम्पादक भिम रसाईलीमाथि समाचार प्रकाशित गरेको भनी मिति २०६७÷०५÷१६ गते स्थानिय महिलाहरुले सांघातिक हमाला गरि कालोमसो दल्ने कुटपीट गर्ने जस्ता निकि्रष्ट र अमानविय व्यवहार गरेको घटनाले उत्पीडित दलित समुदायको संजाल धवलागिरीको ध्यानाकार्षण भएको छ । राज्यको चौथो अंगको रुपमा रहेको संचार क्षेत्रमा कार्यरत एक जना दलित पत्रकारलाई कानूनको ठाडै उल्लघन गरी सम्मानपुर्वक बाच्न पाउने अधिकारको चरम उल्लंघन गरिएको यस घटनाको उत्पीडित दलित समुदायको संजाल घोर निन्दा एंव भत्सना गर्दछ । साथै उक्त घटनामा संगग्न व्यक्तिहरुलाई कानून बमोजिम कारवाही गर्नको लागि राज्यसँग माग गर्दछ । यदी कुनै निकाय संस्था तथा व्यक्तिले नागरिकहरुको हक अधिकारको उल्लंघन गरेको खण्डमा कानून बमोजिम नै कारवाही गर्न सकिने बैधानिक प्रकि्रया हाम्रो संविधान तथा कानूनहरुमा विद्यमान छन । संविधान तथा कानून बमोजिम गर्न सकिने उपचारका बाटाहरु छोडि उत्पीडित दलित भएकै कारण विभिन्न आग्रह पुर्वाग्रहद्धारा अभिप्रेरित भई भीम रसाईलीको सम्मानपुर्वक बाँच्न पाउने संवैधानिक अधिकारको ठाडै उल्लघन हुनुले के साँच्चै हामीले भने जस्तो शोषण दमन उत्पीडन तथा विभेदमुक्त नयाँ नेपालको निर्माण गर्न सकिन्छ त के राज्यमा कानूनको शासन स्थापित गर्न सकिन्छ त यो प्रश्न तपाई हामी सबैको सामु चुनौतीको रुपमा खडा भएको छ । यसरी मुस्ताङ्ग जिल्ला जस्तो दुर्गम जिल्लाका जनताहरुको आवाजलाई बुलन्द पार्ने कार्यमा संलग्न दलित पत्रकार भीम रसाईली माथि झुठ्ठा आरोप लगाई गरेको घोर अमानवीय कार्यमा संलग्न सबैलाई कानून बमोजिम कारवाही गरी पिडित पत्रकारलाई न्याय दिलाई शान्तिपुर्ण रुपमा स-सम्मान बाच्च पाउने अधिकारको सुनिश्चितताका लागि सबै सबन्धित सरोकारवालाहरुलाई उत्पीडित दलित समुदायको संजाल धवलागिरी हार्दिक आह्रावान गर्दछ । ……………… उदवीर नेपाली उत्पीडित दलित समुदायको संजाल धवलागिरी « Go Back |
Supporters / Sponsors :
