दलित समाचार » हँसिया र कोदालोबाटै राम्रो आम्दानी |
||
| हँसिया र कोदालोबाटै राम्रो आम्दानी
Posted: August 31, 2010 रविन भट्टराई/ताप्लेजुङ १४ भदौ जिल्लाको केहि गाविसका विप्पन्न तथा दलित परिवारहरूले गाउँमानै हँसिया र कोदालो बनाएर आम्दानीको स्रोतमा वृद्धि गरेका छन्। दोखु, फुङ्लिङ्ग, नाङ्खोल्याङ्ग लगायत गाविसका यि परिवारले पुख्यौलि र लोप हुन लागेको पेशा लाई व्यवस्थित बनाएर काम गर्न थाले पछि यसबाट राम्रो आम्दानीमा वृद्धि भएको दोखु गाविसका चन्द्र विकले बताए। विकले भने पहिले बाबु बाजेले मात्रै गदैआएको र अहिले आएर बजारमा मेसिनबाट बनेका सामान आउन थालेपछि हामिले बनाएको प्रति आकर्षण घटे पनि गाउँलेले हाम्रै उत्पादन लाई मन पराएको कारण राम्रो विक्रि भएपछि छोराछोरीहरूलाई स्कुल पठाउन र घर धन्दा धान्न पनि सहज भएको छ। चन्द्र विक मात्र होईनन् यि गाविसका धेरै दलित बस्तीका दलितहरूको जीवनयापनमा यसै पेशाबाट सुधार हुँदै गएको छ। उनिहरु यसैबाट मासिक एवं वार्षिकरूपमा आफूहरूलाई १५ देखि २० हजारसम्म आम्दानी हुने कुरा बताउँछन्। तर अहिले आएर बजारमा विभिन्न कम्पनीले उत्पादन गरेका हसिया, कोदालो लगायतका सामान आएपछि गाउँमा आफ्नो मुख्य पेशाको रुपमा लिएका दलित परीवारको आय आर्जनमा भने ह्रास आएकोछ। नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय एव जिविसको आर्थिक सहयोगमा र सामाजिक तथा बौद्धिक विकास परिषद् (सिडेक) नेपालले देशका विभिन्न जिल्लामा आधुनिक आरन मेसिन वितरण गरेपनि ताप्लेजुङमा भने कुनै संघ संस्था र नेपाल सरकाले यो विषयमा कुनै कार्यक्रम नल्याएको कारण यो पेशाप्रति दिन प्रतिदिन निरासता छाउँदै गएको छ। Source: http://www.dainikee.com/ « Go Back |
Supporters / Sponsors :
