दलित समाचार » दलित पत्रकारलाई तालिम |
||
| दलित पत्रकारलाई तालिम
Posted: August 27, 2010 रविन्द्र पाध्याय भाद्र-१० काठमाडौं उपेक्षित उत्पीडित र दलित वर्ग उत्थान विकास समितिले आज काठमाडौंमा दुई दिने पत्रकारिता तालिम शुरु गरेको छ । तालिममा दलित पत्रकारलाई दलितका समस्यालाई रेडियो मार्फत कसरी उठान गर्ने भन्ने बारेमा तालिम दिईएको छ । उक्त तालिमको उत्घाटन गर्दै विकास समितिका उपाध्यक्ष डि वि परियारले आवाज विहिन दलितको आवज पत्रकार बन्नु पर्ने र पत्रकारिता पेशा भनेको सम्मानित र जोखिम पूर्ण काम हो भन्नु भयो । तालिममा पत्रकारिता पेशा कस्तो पेशा हो पत्रकारिता भनेको के हो र यसको किन महत्व छ भन्ने विषयमा तालिम दिइएको छ । उत्त तालिम मा विकाश समिति द्धरा साचालित रेडियो कार्यक्रम दलित जागरणसंग सम्बन्धीत विभिन्न्ा जिल्लाका १२ जना दलित पत्रकारहरुले तालिम लिईरहेका छन । आजको तालिममा बरिष्ठ पत्रकार श्रीराम बस्नेतले प्रशिक्षण दिनु भयो । « Go Back |
Supporters / Sponsors :
