दलित समाचार » विभेद अनत्य गर्न शिक्षामा जोड दिनु पर्ने
विभेद अनत्य गर्न शिक्षामा जोड दिनु पर्ने
Posted: August 26, 2010
बागलुङ भदौ ९ । समाजका सबै विभेदलाई शिक्षा द्धारा अनत्य गर्न सकिने हुदा शिक्षामा समावेशी हुनु पर्ने भनी बागलुङमा आयोजित कार्यक्रमका वक्त्ताले जोड दिएका छन् ।
दलित सेवा संघ जिल्ला शाखा बागलुङले आयोजना गरेको शिक्षा ऐन २०२८ शिक्षा नियमवाली तथा शिक्षक सेवा आयोग नियमावली शंसोधन विषयक १ दिने सुझाव संकलन अन्तरकि्रया कार्यक्रममा बोल्ने वक्ताले यस्तो वताएका हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी मुक्ती िसंह ठकुरीले राज्यले सबैले समान रुपमा प्राप्त गर्न सक्ने व्यवसायिक शिक्षामा जोड दिनु पर्ने बताउनु भयो । साथै उहँले शिक्षा सम्बन्धी बनेका निति नियम कार्यन्वयन हुन सके मात्र प्राभकारी बन्न सक्ने बताउनु भयो ।
दलित सेवा संघ जिल्ला अध्यक्ष ओम बहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य रविनाथ वि।sएमाले जिल्ला सचिब लालबहादुर थापाराप्रपा नेपालका जिल्ला अध्यक्ष कृष्ण राज शर्मामहेन्द्र बहुमुखी क्याम्पस बागलुङका प्रमुख रामप्रसाद उपाध्यायजिल्ला शिक्षा कार्यलयका श्रोत ब्यक्ती दुर्गादत्त आचार्यनेपाल शिक्षक युनियनका जिल्ला उपाध्यक्ष शकुन्तला शर्मानेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला उपाध्यक्ष मना केसीबिद्यामन्दिर उच्चमाबिका संयोजक डिल्लीराज गौतमउत्पीडीत दलित समुदायको संाजालका अध्यक्ष चेतराम चर्माकारनेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष हरीहर शर्माअखिल क्रान्तीकारीका अाचल सचिवालय सदस्य राजीब घिमीरेमहेन्द्र बहुमुखी क्याम्पसका शिक्षक साहायक हंषबहादुर सार्कि लगायतले बोल्नुभएको थियो ।
संघका जिल्ला सहसचिब गुणबहादुर परियारले स्वागत गर्नुभएको कार्यक्रमको संाचालन सचिब बिरबहादुर नेपालीले गर्नुभएको थियो । सो कार्यक्रममा जिल्लाको शैक्षीक अबस्थाका बारेमा बिद्यालय निरीक्षक पुर्णबहादुर नेपाली र समग्र देशको दलितको शैक्षीक अवस्थाका बारेमा दलित सेवा संघका केन्द्रीय महासचिब चक्रमान बिश्वकर्माले जानकारी गराउनुभएको थियो ।
« Go Back
Supporters / Sponsors :