दलित समाचार » पहिरोमा परि सातको मृत्यु |
||
| पहिरोमा परि सातको मृत्यु
Posted: August 11, 2010 बाजुरा, २५ साउन बाजुराको बाह्रबिस गासिस- ५ जुवापानीको दलित बस्तीमा मङ्गलबार बिहान गएको पहिरोमा परी सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका पाँचजना रहेका छन् । एकजनालाई भने जीवितै उद्धार गरिएको छ । बिहान ४ बजे गएको पहिरोमा पुरिएर स्थानीय दलित बस्तीका सातजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३२ वर्षीया महामति चदारा, १६ वर्षीया भागी चदारा, २८ वर्षीया लक्ष्मी चदारा रहेका छन् । यस्तै १२ वर्षीय रोशन, ४ वर्षीया राजु, ३ वर्षीया सरिता, ७ वर्षीय शङ्करको पनि पहिरोमा परि मृत्यु भएको छ । भने सेतु चदारालाई जीवितै उद्धार गरिएको छ । उनको अवस्था भने सामान्य रहेको छ । सदरमुकामदेखि एक दिनको पैदल दूरीमा रहेको जुवापानीमा पहिरोमा परि चार घर पुरिएको र अरु पाँच घर भने जोखिममा रहेको बाजुराका प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेले जानकारी दिए । « Go Back |
Supporters / Sponsors :
