दलित समाचार » दलित समुदायको शिक्षामा पहुच पुर् याउन वर्तमान शिक्षा ऐन तथा नियमावली संसोधन गर्न आवश्यक |
||
| दलित समुदायको शिक्षामा पहुच पुर् याउन वर्तमान शिक्षा ऐन तथा नियमावली संसोधन गर्न आवश्यक
Posted: August 11, 2010 काठमाण्डौ २५ साउन/ वर्तमान शिक्षा ऐन तथा नियमावली दलित मुखि बनाउनका लागि शिक्षा ऐन तथा नियमावली शंसोधनका लागि सझाब संलकन अन्तरकि्रया कार्यक्रम शिक्षा मन्त्रालयका सह-सचिव जनार्दन नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भयो । संसोधन समितिका संयोजक समेत रहनु भएको नेपालले शिक्षा ऐन तथा नियमावली संशोधन शिक्षा मन्त्रालयबाट कानुन मन्त्रालय हुदै छिट्टे व्यवस्थापिका संसदमा छलफलन हुने जानकारी गराउनु भयो । संसोधनका क्रममा दलित सवालमा पर्याप्त छलफल हुन नसेको स्वीकार्दै नेपालले यस कार्यक्रमबाट आएका महत्वपुर्ण सुझाबहरु संशोधनको क्रममा समावेश गर्नेे प्रतिबद्धता समेत जाहेर गर्नु भयो । शिक्षा ऐन पृुरानेा वा नया बनाउने चर्चा चलिरहदा अध्यक्षले पुरानेा नया जे जस्तो भए पनि व्यपक परिवर्तन भएर आउनु पर्ने विचार व्यक्त गर्नु भयो । दलित सेवा संघको अभियानमा ऐक्यबद्धता जाहेर गर्दै अनुमोदनको क्रमसम्म निरन्तर लागिरहने प्रतिबद्धता दोहराउनु भयो दलित सेवा संघ तथा गैर सरकारी संस्थाका अध्यक्ष गजाधर सुनारले अब आउने संसोधनमा दलित शब्द उल्लेख गर्नु पर्ने सुझाब दिदै राष्ट्रिय दलित आयोग लगायत अरु दलित संघसस्था र सरोकार वालाहरुसंग व्यापक छलफल गरी पाँचै विकास क्षेत्रबाट सुझाब संकलन गरी शिक्षा मन्त्रालय लगायत सभासदहरुलाई बुझाउने जानकारी दिनुभयो । उक्त कार्यक्रममा डा। प्रमोद भट्टले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने शिक्षा विद् डा। विद्यानाथ कोईराला श्ािक्षक संगठनका प्रतिनिधि लगायतले सुझाब सहित कार्यक्रममाथि टिप्पणी गर्नु भयो । यस्तै कार्यक्रम दलित सेवा संघले बाँकेमा क्षेत्रिय तहको सम्पन्न गरिसकोको छ । « Go Back |
Supporters / Sponsors :
