दलित समाचार » प्रवेशिका उत्तीण् गर्ने दलित विद्यार्थीलाई सम्मानित भए
प्रवेशिका उत्तीण् गर्ने दलित विद्यार्थीलाई सम्मानित भए
Posted: August 10, 2010
शैक्षिक शत्र २०६६/०६७ मा यस जिल्लामा प्रवेशिका परिक्षा उत्तिण गरेका दलित तथा उत्पीडित विद्यार्थीहरुलाई सम्मान तथा अभिनन्दन गरिएको छ ।
नेपाल उत्पीडित जातिय मुक्ति समाज लमजुङले जिल्लामा २०६६ सालको प्रवेशिका परिक्षा उत्तिण गरेका १५९ जनालाई एक कार्यक्रमका विच सम्मान तथा अभिनन्दन गरिएको हो ।
सदरमुकाम बेसीसहरमा आयोजना गरिएको एक कार्यक्रममा प्रमुख अतिथि मुक्ति समाजका केन्द्रीय सदस्य जगत विश्वकर्माले सम्मान तथा अभिनन्दन गर्नुभएको थियो ।
यस वर्ष२ जना विशिष्ट, ४८ जना प्रथम, १०७ जना द्धितिया र २ जना तृतिय गरी कुल १५९ जना दलित विद्यार्थी उत्तर्ीण्ा भएका थिए। सम्मान कार्यक्रममा १५० विद्यार्थी सहभागी थिए ।
मुक्ति समाज लमजुङका अध्यक्ष प्रेम रम्तेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जगत विश्वकर्मा, एमाले लमजुङका उपाध्यक्ष गुमानसिं अर्याल, सचिव कृष्ण प्रसाद अधिकारी, पत्रकार महासंघ लमजुङका अध्यक्ष किसान संगित, राष्ट्रिय शिक्षक संगठनका राजु थापा, मुक्ति समाजका रविन विश्वकर्मा, विवश बुडाथोकी, हिरालाल विश्वकर्मा दलित विद्यार्थीहरुको पठनपाठनमा सरकारले अझबढी जोड दिनुपर्ने बताउनुभएको थियो ।

« Go Back
Supporters / Sponsors :