दलित समाचार » अन्तरजातीय विवाहको पक्षमा सर्वोच्चको फौसला |
||
| अन्तरजातीय विवाहको पक्षमा सर्वोच्चको फौसला
Posted: August 10, 2010 काठमाडौँ, साउन २३ गते । भनिन्छः अगाध प्रेमका अगाडि जस्तोसुकै शक्ति पनि परास्त हुन्छ । यस्तै प्रेमका अगाडि आइतबार अभिभावक परास्त भए । फलस्वरूप सर्वोच्च अदालतले पनि प्रेमी-प्रेमिकाको पक्षमा फैसला सुनायो । दुई वर्षको प्रेमपछि अन्तरजातीय विवाह गरेका सप्तरीका एक जोडीको पक्षमा सर्वाेच्च अदालतले आइतबार फैसला गरेको हो । फैसलापछि अन्तरजातीय विवाहको विपक्षमा उभिएका युवतीका अभिभावक परास्त भए । दुई महिनादेखि लुक्दै भाग्दै आएका ती जोडी सर्वाेच्चको फैसलापछि निर्धक्कका साथ आˆनो गन्तव्यतिर लागे । सप्तरी जिल्ला जगतपुर गाउँ विकास समितिका किशोरकुमार पासवान र रञ्जनाकुमारी सिंह -रानी सिंह)ले यही असारमा अन्तरजातीय विवाह गरेका थिए । पासवान दलित जातिका हुन् भने सिंह माथिल्लो जातिका हुन् । दुवैले भागेर अन्तरजातीय विवाह गरेपछि गाउँमा बस्ने वातावरण नभई राजधानी आएका थिए । स्नातक दोस्रो वर्षमा अध्ययनरत पासवान र कक्षा १० मा अध्ययनरत सिंह दुवैले विवाह गरेपछि सिंहका बाबुले पासवानविरुद्ध सप्तरीस्थित इलाका प्रहरी कार्यालय कञ्चनपुरमा अपहरण मुद्दा दर्ता गरेका थिए । प्रहरीले खोजतलास गरेपछि दुवै त्यहाँबाट भागेर राजधानी आई राष्ट्रिय दलित आयोगसँग संरक्षण मागेका थिए । यसैबीच, आयोगको संरक्षणमा रहेको जानकारी पाएपछि युवतीका बाबु विश्वनाथ सिंहले आˆनी १७ वषर्ीया छोरीलाई पासवानसमेतका व्यक्तिले अपहरण गरी बन्दी बनाइराखेको आरोप लगाउँदै छोरी रिहाइको मागसहित सर्वाेच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभयो । त्यस रिटमा दलित आयोगका दुई पदाधिकारीलाई पनि विपक्षी बनाइएको थियो । न्यायाधीशद्वय बलराम केसी र अवधेशकुमार यादवको इजलासले आइतबार त्यस रिटलाई खारेज गर्दै नवविवाहित जोडीको पक्षमा फैसला गर्यो । युवतीको उमेर १७ वर्ष रहेको र अभिभावकको मञ्जुरीबिना नाबालकले विवाह गर्न नपाउने कानुनी प्रावधानसम्बन्धमा गरिएको रिट दाबीतर्फ इजलासले रिट क्षेत्रबाट उमेरको विवाद हेर्न नमिल्ने फैसला गरेको हो । « Go Back |
Supporters / Sponsors :
