दलित समाचार » दलित विद्यार्थीका लागि सिफारिसले काम गरेन |
||
| दलित विद्यार्थीका लागि सिफारिसले काम गरेन
Posted: August 8, 2010 छात्रवृत्तिको कोटामा निशुल्क अध्ययनको लागी उच्च शिक्षा परिषदले प्रवेश प्ररिक्षा लिएर सिफारिस गरेका विद्यार्थी हरुवाट धरानका केही उच्च मावि हरुले विभिन्न वाहानामा शुल्क लिइरहेको पाइएको छ । यता केही उमावि हरुले भने परिषदले शिफारीस गरेका विद्यार्थी हरुलाई कोटा पुरा भएको भन्दै फर्काउने गरेको छ । धरान स्थित विष्णु मेमोरियल उच्च मा विले आइतवार परिषको सिफारिस लिएर अध्ययनको लागी उक्त उमावि पुगेका रुपा विकका वावुलाई छात्रवृत्ति दिन नसक्ने बताए पछि उनी निराश भएर फर्केका छन् । त्यस्तै परिषदले प्रवेश परिक्षा लिएर उक्त परिक्षामा उत्तिर्ण भई सगरमाथा उच्च मावि धरानमा परिषदको सिफारिस लिई जुदा कलेजले पुःन प्रवेश परिक्षाका लागि भनि ३०० रुपैया लिएको र विभिन्न शिर्षकमा ६ देखि ७ हजार सम्म मागेको विद्यार्थी लक्ष्मी दर्नालले गुनासो गरिन् । दलित समुदायका लागि शिक्षामा पहुँच वृद्धिका लागि नेपाल सरकारले बनाएको निति र नियम पुर्ण रुपमा कार्यन्यवन हुन नसक्नाका कारण छात्रवृत्ति निल्नु न ओकल्नु भएको छ । हालैको प्रमाण पत्र तह उत्तिर्ण भएका दलित अपा�ङजनजातिमहिला लगायतका विद्यार्थीहरुलाई विद्यार्थी छात्रवृत्ति बैक अन्र्तगतको उच्च माध्यमिक शिक्षा परिषदले वितरण गरेको छात्रवृत्तिका सिफारिस उच्च माविहरुले लिन नमान्दा सो समस्या उत्पन्न भएको हो । परिषदले विज्ञान र व्यवस्थापनका लागि प्रवेश परिक्षा विराटनगरमा लिएको थियो । सो परिक्षामा उत्तिर्ण हुने विद्यार्थीहरुलाई मात्रै सिफारिश वितरण गरेको थियो भने शिक्षा र मानविकि पढ्नका लागि परिक्षा दिनु नपर्ने बताएको थियो । सोही विषयलाई लिएर कलेज पुगेका दलित सेवा संघका पुर्वााचल संयोजक रमेश गजमेर सँग कुरा गर्दै विष्णु मेमोरियल उच्च माविका प्रधानाध्यापक बेनिन्द्र कटुवालले मेरो भर्ना विद्यार्थीहरुको जम्मा प्रतिशतको आधारमा ३ प्रतिशत कोटा दिईसकेको र सो विद्यार्थी आउन भन्दा अघि नै कोटा पुरा भैसकेको कारण विद्यार्थी नराखेको बताएका थिए । तर संघका संयोजक गजमेरले दलित लाई हेला गर्न खोजेको आरोप लगाएका छन् । कलेजमा ४ वटा मात्र सिफारिस पत्र आएको छ । दोस्रो नम्वरमा दलित विद्यार्थीको सिफारिस आएको थियो तर तेस्रो नम्वरमा र पहिलो नम्वरमा आएको विद्यार्थीलाई भर्ना गर्यो र दुवै विद्यार्थी गैह्रदलित छन् साथै प्रत्येक वर्ष यसै गरि परिषद बाट ल्याएको दलित विद्यार्थीको सिफारिस नलिने गरेको कारण दलित लाई हेप्न नै खोजेको आरोप लगाएका छन् । साथै परिषदले दलित विद्यार्थीको भविष्य माथि खेलवाड गरेको बताएका छन । उनले सरकारी निति अनुसार ३ प्रतिशत परिषदले सिफारिस गरेका विद्यार्थी भर्ना गर्ने र २ प्रतिशत विद्यालयको स्वईच्छाले कोटा दिनु पर्ने रहेको जानकारी दिएका छन् । उनले एक हप्ता सम्म यो समस्याको समाधान नगरेको खण्डमा परिषदमा तालाबन्दी गर्ने बताएका छन् । « Go Back |
Supporters / Sponsors :
