दलित समाचार » राष्टि्य जनगणनामा दलित समुदायको चासो |
||
| राष्टि्य जनगणनामा दलित समुदायको चासो
Posted: August 8, 2010 काठमाडौ २४ साउन अगामी राष्टि्य जनगणनाबाट दलित समुदायको वास्तबिक तथ्याÍ आउनुपर्नेमा दलित समुदायका अगुवाहरुले गम्भिर चासो व्याक्त गरेका छन् । केन्द्रीय तथ्याÍ विभागले २०६८ सालको राष्टि्य जनगणनाको कामलाई अगाडि वढाइरहेको सन्दर्भमा दलित समुदायको वास्तविक जनसंख्या र आगामी जनगणना विषयमा दलित गैर सरकारी संस्था महासंघले अन्तरकि्रया कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री खड्गबहादुर बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय तथ्याÍ विभागका उपमहानिर्देशक विकास विष्टले जनगणना २०६८ का सन्दर्भमा भएका तयारी र योजनाका बारेमा प्रस्तुती गर्नु भएको थियो । २०४८ सालको जनगणनामा दलित समुदायको जनसंख्या १६ प्रतिशत रहेकोमा २०५८ मा यो घटेर १३ प्रतिशत भएको थियो जसलाई अधिकांश दलितहरुले आलोचना गरेका थिए । अव हुने जनगणनामा यस्तो गल्तीको पुनरागमन नगर्न कार्यक्रमका वक्ताहरुले तथ्यांक विभागलाई सचेत गराएका थिए । दलित समुदायको जनसंख्याको वास्तविक अवस्था कसरी यकिन गर्न सकिन्छ जनगणनामा अपनाउने पद्धती कस्तो हुनुपर्ने जातीय रुपमा खण्डीकृत सामाजिक आर्थिक तथ्याÍको सुनिश्चितताको लागी के कसरी अगाडि बढाउन सक्निछ भन्ने विषयमा विज्ञहरु हिरा विश्वकर्मा पूर्ण नेपाली लुमासिह विश्वकर्मा बावुराम विश्वकर्मा निर्मल विश्वकर्मा उद्धव सिग्देल अमर बिस्वकर्मा लगायतलेृ तथ्याÍ विभागले गरेको तयारीका वारेमा टिप्पणी तथा सुझाव प्रस्तुत गरेका थिए । विज्ञहरुले जनगणनाको सम्पूर्ण प्रकि्रयामा दलितहरुको पूर्ण समावेशीकरण हुनुपर्नेमा जोड दिदैं दलितमैत्री प्रश्नावलीको निर्माणमा जोड दिएका थिए । कार्यक्रममा नेकपा एमालेका दलबहादुर सुनार राष्टि्य दलित आयोकका अध्यक्ष विजुल विश्वकर्मा एनेकपा माओवादीका तिलक परियार सभासद रीमा नेपाली लगायतले २०६८ मा हुन गइरहेको जनगणनालाई दलित समुदायले समेत स्वीकार गर्न सक्ने बनाउन आफ्नो तर्फबाट सबै भुमिका रहने प्रतिवद्धता राख्नुभएको थियो । कार्यक्रम महासंघका अध्यक्ष गजाधर सुनारको सभापतित्वमा सम्पन्न भएको थियो । « Go Back |
Supporters / Sponsors :
