दलित समाचार » एमाले दलित नेता निलम्बित
एमाले दलित नेता निलम्बित
Posted: August 3, 2010
पाँचथर, श्रावण १७ -
एमालेले आर्थिक अनियमितता गरेको आरोपमा दुई दलित नेतालाई जिल्ला समितिबाट निलम्बन गरेको छ । एमाले पाँचथरको आइतबार सम्पन्न बैठकले आर्थिक प्रलोभनमा परी पार्टी हितविपरीत कार्य गरेको भन्दै जिल्ला सदस्य तथा जनवर्गीय संंगठन दलित मुक्ति समाजका केन्द्रीय सदस्य भवानी विश्वकर्मा र समाजका जिल्ला अध्यक्ष क्षेत्र नं. १ का उपसचिव वीरबहादुर धमलालाई कारबाही गरेको हो । पार्टी अध्यक्ष गणेश काम्वाङका अनुसार उनीहरूमाथि लागेका आरोपबारे छानबिन गर्न जिल्ला उपसचिव थुमनाथ चापागाईंको संयोजकत्वमा समिति गठन गरेको छ ।
« Go Back
Supporters / Sponsors :