दलित समाचार » दलित सहभागीता बढ्दै |
||
| दलित सहभागीता बढ्दै
Posted: August 1, 2010 नवलपरासी, शान्तिबहालीसँगै पिछडिएका दलित समुदायले राज्यबाट विविध अवसर एवम् सुविधा पाउन थालेका छन् । बडहरा दुवौलिया गाविस-७ का रामलखन हरिजन आफू दलित भएका कारण सिंचाइ महासङ्घका केन्द्रीय महासचिव भएको बताउनुहुन्छ । त्यसैगरी पक्लिहवा-१ का महातम चमार र सोमनी-७ का पञ्चम हरिजन नेकपा एमाले जिल्ला सदस्य हुदै विभिन्न गैरसरकारी संस्थामा काम गर्नै थालेका छन् भने पञ्चम पनि नगरपालिकाको टोलविकास संस्था हुदै परियोजनामा काम गर्दै आएका छन् । त्यस्तै द्वन्द्वकालमा प्रधानाध्यपक पद छाड्न बाध्य पारिएका रामग्राम नगरपालिका -२ का मुकुन्द सुचिकार सोही विद्यालयमा पुनः स्थापित भएका छन् । विगतमा हेपिएका बुलिङटारका कुलबहादुर बिक पनि जनउत्थान प्राथमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर समाजमा शिर ठाडो पारेर हिँडेका छन् । चमार, बिक, नेपाली र हरिजन आफूहरूको अवस्थामा परिवर्तन आउनुको प्रमुख कारण शान्तिबहाली, गणतन्त्रको आगमन र समाजमा आएको परिवर्तन ठान्छन् । « Go Back |
Supporters / Sponsors :
