दलित समाचार » दलित समुदायका कुरा उठाउन युवाको भुमिका महत्वपूर्ण
दलित समुदायका कुरा उठाउन युवाको भुमिका महत्वपूर्ण
Posted: July 16, 2010
यज्ञमूर्ति तिमिल्सिना/ पाल्पा ३१ असार
पश्चिमाञ्चल विकास क्षेत्रका दलित युवाहरुले दलित सवालमा कुरा उठाउनु दलित युवाहरुको मुख्य सवाल भएको बताएका छन्। जागरण मिडिया सेन्टरको आयोजनामा दलित समुदायका युवा लागि तानसेनमा आयोजित आधारभुत पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै सहभागीहरुले सवै क्षेत्रको सहभागिता हरेक क्षेत्रमा हुनका लागि युवाको भुमिका प्रमुख हुनेमा जोड दिए। नेपाल पत्रकार महासंघ पाल्पाको स्थानीय संयोजनमा भएको सो कार्यक्रममा कपिलवस्तुका सहभागी चिन्ता परियार, विना विश्वकर्मा, प्रशिक्षक एकल सिलवाल, दलित अधिकार कर्मी तीर्थ गौतम, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष भगवान भण्डारी, तानसेन नगरपालिकाका प्रमुख शिशिर पौडेल, स्थानीय सञ्चार समितिका ढुण्डीराज पौडेल, एकीकृत नेकपा माओवादी पाल्पाका बसन्त शर्मा कुशल, नेकपा एमाले पाल्पाका सचिव देवी बश्याल, राष्टिय जनमोचा पाल्पाका रेशम कडेल, लगायतले बोल्दै तालिममा सिकेका कुराहरु व्यवहार त लागू गर्न आग्रह गरे।
दिपक परियारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ पाल्पाका सचिव राजेशकुमार अर्यालले गरेका थिए। तालिममा पश्चिमाञ्चल विकास क्षेत्रका २ दर्जन प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो।
« Go Back
Supporters / Sponsors :