दलित समाचार » अन्तरजातीय बिबाह गर्ने जोडी सुरक्षा खोज्दै बागलुङमा
अन्तरजातीय बिबाह गर्ने जोडी सुरक्षा खोज्दै बागलुङमा
Posted: July 12, 2010
सुसन रामदाम
अन्तरजातीय बिबाह गरेपछि आफुहरु असुरक्षीत भएको भन्दै पर्वत दुर्लुङका एक जोडी बागलुङका अधिकारकर्मीहरुको शरणमा आईपुगेका छन ।
झण्डै २ बर्षको प्रेम सम्बन्धपछि विवाह गरेका पर्वत दुर्लुङ गाविसका लालबहादुर सुनार र सोही गाविस निवासी पुण्यवती शर्मा न्यायको खोजीमा बागलुङमा कि्रयाशिल मावनअधिकारकर्मीहरु समक्ष पुगेका हुन ।
आफुहरुले प्रेम बिबाह गरेपछि केटीका दाजु शेषकान्त शर्माले पटक पटक धम्की दिएको र आफुहरु घरमा गएर बस्न सक्ने स्थिति नभएको भन्दै उनीहरुले अधिकारकर्मीहरुलाई बातवरण सहज बनाईदिन आग्रह गरेका हुन ।
ति दुईबीच प्रेम बिबाह भएपछि केटीका दाजु शेषकान्त शर्माले केटाका परिवारलाई केटीलाई बुहारी स्वीकार गरे जे पनि गर्न सक्ने भन्दै धम्की दिएको दलित अधिकारकर्मी धनबहादुर परियारले जानकारी दिनुभयो ।

« Go Back
Supporters / Sponsors :