दलित समाचार » दलित आन्दोलनलाई विश्वव्यापी रुपमा जोड्ने अभियानमा आईसीडिआर |
||
| दलित आन्दोलनलाई विश्वव्यापी रुपमा जोड्ने अभियानमा आईसीडिआर
Posted: June 29, 2010 अन्तराष्ट्रिय दलित अधिकार आयोग आईसीडिआरको कार्यकारी परिषद्को तेश्रो बैठक विश्वव्यापी मानवता र न्यायका निम्ति दलित अधिकार भन्ने मुल नाराका साथ हालै काठमाडौंमा सम्पन्न भएको छ । परिषदको बैठकमा नेपाल भारत अमेरिकाका दलित अगुवाहरुको उपस्थिति रहेको थियो । आइसीडिआरका अध्यक्ष डिबी सागर विश्वकर्माले प्रस्तुत गर्नुभएको आयोगको ५ वर्षे रणनीतिलाई बैठकले सुझाव सहित पारित गरेको छ । दलित समुदायको जातीय स्वतन्त्रता र मानवअधिकारको अवस्थाको अनुगमन स्थानियस्तरमा चलेको आन्दोलनलाई सवल र सक्षम बनाउने नीति निर्माता र स्थानिय अभियन्ताका बीचमा लोकतान्त्रिक सम्बाद गराउने दलित आन्दोलनलाई विश्वव्यापी रुपमा जोड्ने जस्ता योजनाहरु आयोगले अगाडि सारेको छ । बैठकले आगामी ३ वर्षका लागि ५ जना व्यक्तिलाई परिषदमा मनोनयन गरेको छ । जसमा नेपालबाट गजाधर सुनार हरि श्रीपाइली जितेन्द्र पासवान र भारतबाट डा। महेन्द्रप्रताप राना प्रो।डा। विवेक कुमार हुनु हुन्छ । यसै गरी परिषदको बैठकले प्रो।डा। विवेक कुमारको अध्यक्षतामा एसियन इ_िन्स्टच्युट अफ दलित स्टडिज नामक क्षेत्रिय शाखा समेत विस्तार गरेको छ । जसको सचिवमा हिरा विश्वकर्मा डा। मेरी क्याम्रोन प्रो। जोसेफ बेन्जामिन सुशिल विके र पूर्ण नेपाली हुनुहुन्छ । « Go Back |
Supporters / Sponsors :
