दलित समाचार » दलित तथा मधेसी दलितका लागि ल्याएको नीति तथा कार्यक्रमको कार्यान्वयन फितलो भएको दलित प्रतिनिधिको गुनासो
दलित तथा मधेसी दलितका लागि ल्याएको नीति तथा कार्यक्रमको कार्यान्वयन फितलो भएको दलित प्रतिनिधिको गुनासो
Posted: June 25, 2010
दलित हक अधिकारको पक्षमा काम गर्ने विभिन्न संस्थाका प्रतिनिधिले दलित तथा मधेसी दलितका लागि ल्याएको नीति तथा कार्यक्रमको कार्यान्वयन  फितलो भएको गुनासो गरेका छन्। हिजो काठमाडौंमा राष्ट्रिय दलित आयोगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले राज्यले दलितका लागि दिएको आरक्षण कागजमा मात्र सिमित गरिएको गुनासो   गरे। कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रमा प्राविधिक शिक्षालयमा ५० प्रतिशत दलितलाई निःशुल्क गरिनु पर्ने, राजनीतिक दलको केन्द्रीय समितिमा दलितलाई जनसंख्याको आधारमा अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरिनुपर्ने लगायतका सुझाव दिइएको छ। अन्तरक्रियामा दलितसम्बद्ध संस्थाका प्रतिनिधि, सभासद, सुरक्षा निकायका प्रतिनिधिको उपस्थिति थियो।
« Go Back
Supporters / Sponsors :