दलित समाचार » हलो जोत्ने दलित महिलालाई गाऊँ निकाला |
||
| हलो जोत्ने दलित महिलालाई गाऊँ निकाला
Posted: June 23, 2010 श्रीमान हुदाँहुदै सेतो लुगा लगाएको र हलो जोतेको आरेापमा कैलाली जिल्लाको चौमला गाबिसकी एक दलित महिलालाई स्थानिय बासिन्दाहरुले गाऊँ निकाला गरेका छन । कैलाली जिल्लाको चौमला गाबिस वडा नं७ राजीपुरकी ३५ बर्षिया बाशुदेवी सुनारलाई सोही गाऊँ निवासी महादेव ढुंगाना डिल्लीराज पाँण्डे कुमारी बिक, भगवती पाँण्डे, तेज दमाई लगायतको समुहले कुटपिट गरि गाऊँ निकाला गरेका छन । सोमबार पानी परेको मौका पारि आफनो खेतमा धानको बिऊ छर्न हलो जोत्दै गर्दा बासुदेवी सुनारलाई उनीहरुले कालोमसो दलि जुत्ताको माला लगाएर गाऊँ निकाला गरेका थिए । यसै सन्दर्भमा पिडीतलाई न्याय दिलाउन र पिडकलाई कारवाही गराउन पहल गर्ने उद्धेश्यले धनगढी स्थित बिभीन्न दलित अधिकारवादी संघรทसंस्थाहरु राष्ट्रिय दलित नेटवर्क, नेपाल दलित गैर सरकारी संस्था महासंघ अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक समावेशी सामाजिक जनवकालत माच ईन्साफ नेपाल नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कैलाली महिला पैरवी माच दलित महिला संघ कैलाली एड जस कैलाली बन प्रतिभा समुह लगायतका संस्थाहरुले संयुक्त प्रेश बिज्ञप्ती जारी गरेका छन । उक्त संस्थाहरुले सो घटनाको घोर भर्चना गर्दै प्रेश बिज्ञप्तीमा देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको र देशको संबिधान तथा कानुन एवं अनतराष्ट्रिय सन्धी सम्झौताले समेत महिला समानता र अधिकारका कुरा संस्थागत गरिरहको सन्दर्भमा महिला माथी भएको जघन्न अपराधका दोषीहरुलाई कडा कारवाही गरि पिडीतलाई क्षतिपुर्ति र न्याय दिलाउन सम्बन्धीत पक्षसंग माग गरिएको कुरा उल्लेख छ । पिडीतले अधिकारकर्मीको पहलमा मिति २०६७ अषार ०८ गते जिल्ला प्रहरी कार्याल कैलालीमा उजुरी समेत दर्ता गरेकी छिन । « Go Back |
Supporters / Sponsors :
