दलित समाचार » दलित युवालाई प्रशिक्षण
दलित युवालाई प्रशिक्षण
Posted: June 21, 2010
पनौती, २१ असार
दलित समुदायको अधिकार र न्यायबारे पनौतीमा दलित समुदायका युवावर्गलाई तीन दिने सचेतीकरण तालिम दिइएको छ ।
पनौती नगरपालिकाको सहयोगमा नेपाल राष्ट्रिय दलित कल्याण संघ काभ्रेको आयोजनामा भएको दलित तथा पिछडिएका समुदायका लागि सामाजिक न्याय र अधिकार सम्बन्धी सचेतीकरण तालिम गरिएको हो । कार्यक्रममा ४० दलित युवावर्गको सहभागिता रहेको आयोजक संस्थाका कोषाध्यक्ष रामचन्द्र रम्तेलले जानकारी दिएका छन् । दलित र अन्य पिछडिएका समुदाय पछाडी पर्नुका कारण, वर्तमान अवस्था, भविष्यको भुमिका लगायतबारे तालिममा दलित नेता कुलबहादुर विश्वकर्मा, अधिवक्ता रमेश हुमागाई, पत्रकार महेश पौडेल, सहकारीकर्मीहरु सुरेन्द्र पौडेल र उपेन्द्र हुमागाईले प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रममा दलित नेता कुलबहादुर विश्वकर्माले तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा काभ्रे बचत तथा ऋण सहकारी संघका अध्यक्ष शम्भुलाल श्रेष्ठ लगायतले बोलेका थिए ।
Source: काभ्रेली.कम

« Go Back
Supporters / Sponsors :