दलित समाचार » दलितका लागि आवास निर्माण हुदै |
||
| दलितका लागि आवास निर्माण हुदै
Posted: June 21, 2010 शुभनारायण यादव (सप्तरी) सप्तरीको ६ वटै संसदीय क्षेत्रमा दलितका लागि नेपाल सरकारले उपलब्ध गराएको दलित अवासअन्तर्गत घर निर्माण क्षेत्र नम्बर- १ को घोघनपुर, क्षेत्र नम्बर- २ को बथनाहा, क्षेत्र नम्बर- ३ को बरही वीरपुरको हाटी, क्षेत्र नम्बर- ४ को पात्तो औरही, क्षेत्र नम्बर- ५ को कल्याणपुर र क्षेत्र नम्बर- ६ को मानराजामा सुरु गरिएको छ । प्रत्येक संसदीय क्षेत्रमा १ सय ६६ वटा घर निर्माण गरी स्थानीय दलितलाई हस्तानान्तरण लक्ष्य साथ सम्पूर्ण क्षेत्रमा तीव्रताका साथ स्थानीय उपभोक्ताले निर्माण काम गरिरहेको भवन आवास डिभिजन कार्यालय राजविराजका कार्यालय प्रमुख श्यामकिशोर सिंहले जानकारी दिए । एउटा घर निर्माणका लागि नेपाल सरकारले १ लाख ४० हजार २ सय ८० रुपैयाँ ३१ पैसाका दरले बजेट उपलब्ध गराएको छ । स्थानीय बासिन्दले गठन गरेको उपभोक्ता समितिमा एकजना संयोजक, दुइजना महिलासहित पाँचजना सदस्य र सदस्य सचिव सहरी आवास तथा भवन डिभिजन कार्यालय राजविराजका प्रतिनिधि रहेका छन् । घर निर्माणका लागि सरकारले सप्तरीमा उपलब्ध गराएको १३ करोड ९० लाख बजेट मध्ये हालसम्म निर्माण समितिलाई ४ करोड २२ लाख मात्रै निकासा दिएको भन्दै सहरी आवास तथा भवन डिभिजन कार्यालयका प्रमुख सिंहले कामको प्रगति अनुसार चार किस्तामा बजेट निकाशा दिने गरेको बताए । सप्तरी, सिरहा र कपिलवस्तु जिल्लामा सन्चालन गरिएको जनता आवास कार्यक्रम तीनवटै जिल्ला मध्ये सप्तरीमा नमूना स्वरुप निर्माण भइरहेको निर्माण समिति बथनाहाको सदस्य मनताज मियाँको भनाई छ । असार समान्त भित्र ६ वटै संसदीय क्षेत्रको दलित घर निर्माण कार्य सम्पन्न गरी स्थानीय दलित परिवारलाई हस्तानान्तरण गर्ने लक्ष्य लिई प्रारम्भ गरिएको जनता आवास कार्यक्रम सप्तरीमा प्रभावकारी ढङ्गले सन्चालन भइरहेको छ । यसले जिल्लाका दलितहरू लाभान्वित हुने धारणा सप्तरीका दलित नेता भोला रामको भनाई छ । Source: http://www.onsnews.com/ « Go Back |
Supporters / Sponsors :
