दलित समाचार » दलित विद्यार्थीको लागि छात्रबास
दलित विद्यार्थीको लागि छात्रबास
Posted: June 21, 2010
जिल्लामा उच्चशिक्षा अध्ययन गर्न सदरमुकाम आउने दलित विद्यार्थीको समस्यालाई ध्यान दिँदै दलित छात्रबास निर्माण गरिने भएको छ ।
दलितवर्ग उत्थान समन्वय समितिको पहलमा महेन्द्र बहुमुखी क्याम्पस, बागलुङमा अध्ययन गर्ने दलित छात्रहरूका लागि छुट्टै छात्रबास निर्माण गरिने भएको हो ।
महेन्द्र बहुमुखी क्याम्पसले उपलब्ध गराएको क्याम्पस हाताभित्रको जग्गामा ६ कोठे छात्रबास भवनको निर्माणकार्य तत्काल सुरु गरिने भएको छ ।
दलित भएकै कारण कोठा खोज्दा पनि नपाइने र हेय दृष्टिको सिकार हुनुपर्ने विद्यार्थीको पीडालाई महसुस गरी छात्रबास निर्माण गर्न लागिएको समन्वय समितिले बताएको छ ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमअन्तर्गतको रु ६ लाखले भवन निर्माण गरिन लागिएको हो ।
कुल रु २३ लाखको लागतमा निर्माण हुने भवनका लागि अन्य स्रोतको खोजी भइरहेको बताउँदै उपाध्यक्ष विकले राजनीतिक दल, नागरिक समाज र सरकारका स्थानीय निकायसमक्ष  सहयोगका लागि आग्रह गर्नुभएको छ ।
दलित भएकै कारण भाडामा बसेको कोठाबाट तीन वर्षअघि निकालिन पुगेकी विद्यार्थी रोमादेवी किसानले छात्रबास निर्माण हुँदा दलित विद्यार्थीलाई आर्थिक र सामाजिक सुरक्षाको अनुभूति हुने बताइन् ।
« Go Back
Supporters / Sponsors :