दलित समाचार » महासंघको नयाँ कार्यसमिति चयन |
||
| महासंघको नयाँ कार्यसमिति चयन
Posted: June 17, 2010 विगत लामो समयदेखी दलित अधिकारका क्षेत्रमा कि्रयाशिल दलित गैरसरकारी संंस्थाहरुको छाता स्ंगठन दलित गैरसरकारी संस्था महासंघ डिएनएफको चौथो राष्ट्रिय महाधिवेशन हालै सम्पन्न भएको छ । देशभरका २३८ प्रतिनिधिहरुको उपस्थितिमा संविधानसभाका उपाध्यक्ष पूर्णकुमारी सुवेदीले महाधिवेशनको समुद्घाटन गर्नुभएको थियो । महाधिवेशनले गजाधर सुनारको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष महासचिव उपमहासचिव सचिव कोषाध्यक्षमा क्रमशः टेकबहादुर रैका रामलखन हरिजन नन्द विश्वकर्मा निर्मला गुप्ता वादी गोपाल लकान्द्री वि।s सेवल राम जसबहादुर विश्वकर्मा पुष्कर खाती अमृत विश्वकर्मा सुशिल विके जितेन्द्र पासवान रहनु भएको छ । महाधिवेशनले निम्न बमोजिमका प्रस्तावहरु पारित गरेको छ । चौथो राष्ट्रिय महाधिवेशनले पारित गरेका समसामयिक विषेश प्रस्तावहरुः १ संविधानसभाद्वारा निर्माण हुने नयाँ संविधानमा दलित अधिकार सुनिश्चित गर्न दलित गैरसरकारी संस्था महासंघ लगायत दलित नागरिक समाजले अगाडि सारेका आन्दोलनका एजेण्डाहरु समावेश गर्न यो महाधिवेशन जोडदार माग गर्दछ । २ आपसी सहमति र समझदारीद्वारा वर्तमान राजनीतिका गतिरोधको अन्त्य गरी अविलम्ब संविधान निर्माण तथा शान्ति प्रकृयालाई टुङ्गोमा पुर् याउन प्रमुख राजनीतिक दल संविधानसभा र सरकार समक्ष यो महाधिवेशन जोडदार माग गर्दछ । ३ ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ पश्चात पुनःस्थापना भएको प्रतिनिधिसभाले गरेको छुवाछूत मुत्तः राष्ट्र घोषणालाई व्यवहारतः कार्यन्वयन गर्न देशका विभिन्न भागमा भएका छुवाछूतका विभेदजन्य घटना नियन्त्रण गर्न आवश्यक कानुन नीति कार्यक्रम घोषणा गर्न यो महाधिवेशन नेपाल सरकारसंग जोडदार माग गर्दछ । ४ मानवअधिकारको गम्भिर उल्लंघन हुने गरी भएको बर्दिया हत्याकाण्ड कलंकीमा भएको सानु सुनारको हत्या लगायत अन्य मानवअधिकार उल्लंघनका घटनाको दोषीहरुलाई कडा कारवाही गरी पीडितहरुलाई उचित क्षतिपूर्ति उपलब्ध गारउन यो महाधिवेशन नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । दलित गैरसरकारी संस्था महासंघ नवनिर्वाचित कार्यसमिति २०६७ १)गजाधर सुनारअध्यक्ष २)टेकबहादुर रैकाउपाध्यक्ष सुदुरपश्चिमााचल ३)रामलखन हरिजन।उपाध्यक्ष पश्चिमााचल ४)नन्द विश्वकर्माउपाध्यक्ष मध्यपश्चिमााचल ५)निर्मला गुप्ता वादीउपाध्यक्ष महिला ६)गोपाल लकान्द्री वि।sउपाध्यक्ष पुर्वााचल ७)सेवल रामउपाध्यक्ष मध्यमााचल ८)जसबहादुर विश्वकर्मामहासचिव ९)पुष्कर खातीउप-महासिच १०)अमृत विश्वकर्मासचिव ११)सुशिल विकेसचिव १२)जितेन्द्र पासवानकोषाध्यक्ष १३)राजेन्द्र रामसदस्य पुर्वााचल १४)ध्रुवकुमार वि।s।सदस्य पुर्वााचल १५)गंगा सदासदस्य पुर्वााचल १६)हरिप्रसाद रसाईलीसदस्य मध्यमााचल १७)नाथुराम परियारसदस्य मध्यमााचल १८)तुलसादेवी दास गौतमसदस्य मध्यमााचल १९)यामबहादुर चर्मकारसदस्य पश्चिमााचल २०)छविलाल विश्वकर्मासदस्य पश्चिमााचल २१)धनमाया विश्वकर्मासदस्य पश्चिमााचल २२)माया नेपाली वादीसदस्य मध्य-पश्चिमााचल २३)शारदा स्वर्णकारसदस्य मध्य-पश्चिमााचल २४)निमबहादुर नेपालीसदस्य मध्य-पश्चिमााचल २५)शान्ति भूलसदस्य सुदु-पश्चिमााचल २६)भरत नेपालीसदस्य सुदु-पश्चिमााचल २७)नरबहादुर विश्वकर्मासदस्य सुदु-पश्चिमााचल २८)कौशलकुमार धोवीसदस्य मधेशी २९)बुद्धिराम हरिजनसदस्य मधेशी ३०)गीता सुनारसदस्य दुर्गम ३१)अफिलाल ओखेडासदस्य दुर्गम « Go Back |
Supporters / Sponsors :
