दलित समाचार » एमबीबीएस परीक्षामा दलित विद्यार्थीको नाम ननिकालिदिए पछि केही विद्यार्थी संगठनहरु असन्तुट
एमबीबीएस परीक्षामा दलित विद्यार्थीको नाम ननिकालिदिए पछि केही विद्यार्थी संगठनहरु असन्तुट
Posted: June 10, 2010
काठमाडौं,  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत चैत्र २८ गते लिएको एमबीबीएस परीक्षामा दलित विद्यार्थीको नाम ननिस्केपछि केही विद्यार्थीहरुले असन्तुष्टि व्यक्त गरेका छन्।


लिखित परीक्षामा नाम निस्केर अन्तर्वार्तामा नाम ननिस्केका दलित विद्यार्थीहरुले असन्तुष्टि व्यक्त गरेका विषयमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। अर्जुन कार्की नाम ननिस्किएपछि असन्तुष्ट व्यक्त गर्नु स्वभाविक हो तर प्रतिष्ठानको मापदण्डअनुसार परीक्षा लिने र नतिजा प्रकाशन गर्ने काम भएकाले शंका गर्नुपर्ने अवस्था छैन भन्नुहुन्छ।

‘चिकित्सक बन्नलाई किताबी ज्ञानले मात्र पुग्दैन व्यावहारिक ज्ञान पनि आवश्यक हुने हुनाले लिखित र अन्तर्वार्ता लिएका हौं। लिखितमा पास भएका सबैले दाबी गर्ने हो भने २ हजार ४ सयले परीक्षा दिएका थिए। २ सय ९० जना पास भए ६० जना पढाउने प्रतिष्ठानको क्षमता छ। सोहीअनुरुप ६० जना छनोट गरेका हौं। प्रतिष्ठानले योग्यता नपुगेपछि दलित भएकै कारण पास गर्न मिल्दैन चित्त नबुझे ऐन नियमले व्यवस्था गरेअनुसार कानुनको सहारा लिन सकिन्छ’ -उपकुलपति कार्की भन्नुहुन्छ।

योग्य व्यक्तिका लागि दलित दुर्गम जनजाति मधेसीको आरक्षण सिट भए तापनि मापदण्ड पूरा नभएकालाई प्रतिशतका आधारमा भने नछुट्याएको पनि उहाँले जानकारी गराउनुभयो। ‘आफूले नपाउँदा चित्त दुख्नु स्वभाविक हो। उत्तीर्ण नभएकाले पाउँदैनन् मेहनत गरेर नाम निकाल्नुपर्छ’ -कार्की भन्नुहुन्छ।

नाम ननिक्लेपछि निराश भएका राजेन्द्र विक भन्छन्- ‘विज्ञापनमा दलित आरक्षण कोटा छ भन्दा निकै आश लागेको थियो। लिखितमा पनि नाम निस्कियो थप उत्साह पलाएको थियो तर मौखिकमा फालिएपछि अब पाउने आश छैन।’ नेपाल स्वतन्त्र दलित विद्यार्थी संगठनका संयोजक राम नेपालीले आइतबार विज्ञप्ति जारी गर्दै आरक्षण कोटामा दलितको नाम निकाल्न ५ दिने अल्टिमेटम दिएको र ननिकाले आन्दोलमा उत्रने चेतावनी दिएको जानकारी गराउनुभयो।


« Go Back
Supporters / Sponsors :