दलित समाचार » मन्त्रीको कार्यक्रम दलितद्वारा बहिस्कार
मन्त्रीको कार्यक्रम दलितद्वारा बहिस्कार
Posted: June 9, 2010
२६ जेठ, गुल्मी । गुल्मी जिल्ला परिषदको कार्यक्रम स्थानीय दलितहरुले बुधबार बहिस्कार गरेका छन् । बिगतमा छुट्याउँदै आएको दलित बर्ग उत्थान कार्यक्रम सञ्चालनका लागि जिल्ला परिषदले बजेट कटौती गरेकोप्रति गम्भीर असन्तुष्टि जनाउँदै दलित समुदायले जिल्ला परिषद बहिष्कार गरेका हुन् ।

स्थानीय विकास मन्त्री पूर्णकुमार शेर्माले परिषद उदघाटन गर्नुभएको छ ।

एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका दलित भातृ सगंठनका जिल्ला प्रतिनिधिहरुले संयुक्त पत्रकार सम्मेलन गरि परिषदको उक्त निर्णय अविलम्व फिर्ता गर्न माग गरेका छन् । निर्देशिका अनुरुप १५ प्रतिशत बजेट छुटयाउन माग गर्दै उनीहरुले माग पूरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।


« Go Back
Supporters / Sponsors :