दलित समाचार » अन्तरजातिय विवाह गरेका पाल्पाका ४ जोडिले प्रोत्साहान रकम बुझे |
||
| अन्तरजातिय विवाह गरेका पाल्पाका ४ जोडिले प्रोत्साहान रकम बुझे
Posted: June 8, 2010 सुसन सर्जन रामदाम पाल्पा/धेरै परम्परागत रीतिरिवाजहरु परिमार्जन गरि विकृतीहरु हटाएर एउटा सभ्य समाजको परिवर्तन तर्फ अहिलेको अवस्था उन्मुख हुनुपर्नेमा नेपालमा त्यसो हुन सकिरहेको छैन । सामाजिक परिवर्तनसँग जोडिएको अन्तरजातिय विवाहले पनि एउटा महत्वपुर्ण भुमिका खेलेको हुन्छ । तर अन्तरजातिय विवाह गर्नेहरु समाज र परीवारबाट तिरस्कृत हुने क्रम अझै पनि कायमै छ । यि जोडीहरुको अन्तरजातिय विवाहले तल्लो र माथिल्लो जात भन्ने समाजलाई राम्रो शिक्षा दिएको छ । ४ दलित युवा र ४ मगर समुदायका युवतीहरुले अन्तरजातिय विवाह गर्दै समाजबाट जातजाति र छुवाछूतको भेदभाव हटाउनु पर्छ भन्ने शिक्षा दिएका छन् । यसरी अन्तरजाति विवाह गर्ने जोडीहरुमा पाल्पा भैरवस्थान घर भएका सज्जित बिक र लक्ष्मी थापा गेजा ६ का सुर्य सुनार र सोमादी ९ की मनिसा राना ताहु ३ का ज्ञानेन्द्र कामी र लक्ष्मी दर्लामी तथा सत्यवती ६ का तुल बहादुर कामी र खगी कुमारी िसंजाली रहेका छन् । उनिहरु च्ाारै जनाले सरकारले ल्याएको अन्तरजातीय विवाह प्रोत्सहान कार्यक्रमपछि बैवाहिक सम्बन्धमा गाँसिएका हुन् यहाका ४ दलित युवाले ४ मगर युवतीसंग बिहे गरि प्रोत्सहान बापतको रु १ लाख रकम बुझेका छन् । ४ जोडी मध्ये चारैजना दलित युवा छन् भने युवतीहरु मगर समुदायक रहेका छन् । उनिहरु बैबाहीक सम्बन्धमा गासिएपछी पाल्पाका प्रमुख जिल्ला अधिकारी जनक राज रेग्मीले एक कार्यक्रमका बिच प्रत्येक जोडीलाई एक लाखका दरले प्रोत्साहन रकम हस्तान्तरण गर्नु भएको थियो । रकम बुझेपछी अन्तरजातिय विवाह गरेकाहरुले रकम पाएकोमा खुसी व्यक्त गरेता पनि राज्यले प्रोत्साहन बापत रकम भन्दा पनि जिबिकोपार्जन गर्ने काम दिएको भए अझै राम्रो हुने बताएका छन् । जिल्ला प्रशासन कार्यालयको प्रजिअ कक्षमा पत्रकारसुरक्षा प्रमुखहरुविवाहीत जोडिका अभिभाबक राष्ट्रसेबक कर्मचारी लगायतको उपस्थीतीमा उनिहरुलाई आर्थिक प्रोत्साहन स्वरुप चेक हस्तान्तरण गरीएको हो । सरकारको निती अनुरुप प्रोत्साहन रकम बितरण भएको र बैबाहिक जिबनका लागी थप सहयोग पुग्ने प्रजिअ जनक राज रेग्मीको भनाई छ । जिल्ला प्रशासन कार्यालयमा ५ अन्तरजातिय जोडीले निबेदन दर्ता गराए पनि एक जोडीले भने प्रकिया पुर् याउन नसकेपछि ४ जोडीले मात्र प्रोत्साहन रकम प्राप्त गरेका हुन् । प्रोत्साहन बापत प्राप्त रकम बैंकमा पतिपत्निको संयुक्त खाता खोलेर सुरुमा ५० हजार र त्यसपछि महिनावारी १० हजार या एकैचोटी ५ महिनाको ५० हजार चेक काटेर रकम झिक्न मिल्ने प्रशासनले जनाएको छ । रकम बुझ्दा केटाकेटी दुबै पक्षका अभिभावक समेत प्रशासन कार्यालयमा उपस्थित थिए । यि ४ जोडी अन्तरजातिय विवाह गरेर प्रोत्साहन रकम पाए पछी दंग परेका छन् । उनीहरुको वैवाहिक जिबन सफल होस हाम्रो पनि शुभकामना । « Go Back |
Supporters / Sponsors :
