दलित समाचार » अमलाचौर छुवाछूतमुक्त गाउँ घोषणा |
||
| अमलाचौर छुवाछूतमुक्त गाउँ घोषणा
Posted: June 6, 2010 बाग्लुङ, २२ जेठ बाग्लुङको दक्षिणवर्ती बलेवाको अमलाचौर गाविस छुवाछूतमुक्त गाउँ घोषणा भएको छ । गाविसमा क्रियाशील राजनीतिक दल, सामाजिक संघ-संस्था, गाविस सचिव, सुरक्षा निकायका प्रतिनिधि, दलित समुदाय र जिल्लास्तरीय नेता तथा अधिकारकर्मीको सहभागिता भएको कार्यक्रममार्फत सो घोषणा गरिएको हो । घोषणाको व्यावहारिक कार्यान्वयन गर्ने प्रतिबद्धता पनि सो अवसरमा जनाइयो । प्रतिबद्धतापत्रमा एकीकृत नेकपा माओवादी, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस, राप्रपालगायत पार्टीका स्थानीय तहका नेता, गाविस सचिव, सुरक्षा निकायकातर्फबाट बलेवा प्रहरी चौकीका इन्चार्ज, दलित अधिकारकर्मी, दलित गैसस महासंघलगायत संघ-संस्थाका प्रतिनिधिले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । राष्ट्रलाई छुवाछूतमुक्त घोषणा गरिएको चौथो वर्ष प्रवेशको अवसरमा दलित सशक्तीकरण केन्द्र बाग्लुङ र उत्पीडित दलित समुदायको सञ्जाल अमलाचौरले शुक्रबार आयोजना गरेको कार्यक्रममा अन्तरजातीय विवाहित जोडीलाई सम्मान तथा सहभोज गरियो । सो कार्यक्रममा उक्त गाविसमा ७० प्रतिशत दलित समुदायको बसोबास रहेको र २९ जोडीले अन्तरजातीय विवाह गरेको जानकारी दिइएको थियो । कार्यक्रममा १२ जोडीलाई खादा ओढाएर सम्मान गर्दै सम्मानपत्र प्रदान गरिएको छ । श्रोत: नयाँ पत्रिका « Go Back |
Supporters / Sponsors :
