प्रेस विज्ञप्ती » सानु सुनारको हत्या सम्वन्धमा दलित जनजाति पार्टीको प्रेस विज्ञप्ती
सानु सुनारको हत्या सम्वन्धमा दलित जनजाति पार्टीको प्रेस विज्ञप्ती
Posted: May 26, 2010
मिति १२ जेठ २०६७

 

आइतवार दिउँसो ललितपुर  गोदावरी स्थायी घर भई पाटन वसोवास गर्दै आएका सानु सुनारलाई कालीमाटी प्रहरी चौकीका प्रहरीहरुद्धारा हिरासतमा लिई मरणासन्न हुने गरी कुटपिट गरी चरम  यातनाका कारण आईतवार राती नै प्रहरीले वीर अस्पतालमा भर्ना गरी उपचाररत निज सानु सुनारको मृत्यु सम्वन्धमा हाम्रो पार्टी दलित जनजाति पार्टीको गम्भिर ध्यानाकर्षा भएको

 

यस प्रकारको प्रहरी प्रशासनको नाङ्गो ज्यादतिले राज्य प्रशासनले गर्ने भनेका नागरिकको जीउधनको सुरक्षा आधारभूत मानवअधिकारको उपहास गरेको हाम्रो पार्टीको  ठहर दलित भएकै कारण जातिय छूवाछूत गरिने, धारा, कुवामा पानी छोएको आधारमा कुटिनु पर्ने, जिविका चलाउन वनमा दाउरा, घाँस गर्न जाँदा नेपाली सेनाको गोलीको शिकार हुनु पर्ने नेपालका दलितहरुको नियति भैसकेको र्सर्न्दभमा सानु सुनार हत्याकाण्ड विभेदको अर्को कडी हो त्यसैले राज्यका नागरिकको सुरक्षा दिन नसक्ने वर्तमान सरकार एवं गृहमन्त्री भीव रावललाई नैतिकताको आधारणमा राजिनामा दिन समेत कडा चेतावनी चाहन्छा   साथै सो वर्वरहत्याकाण्डको दलित जनजाति पार्टर्ीीोर भर्रत्सना गर्दछ

 

जय भीम

 

अध्यक्ष

(विशेन्द्र पासवान)

दलित जनजाति पाटी


« Go Back
Supporters / Sponsors :