प्रेस विज्ञप्ती » सुर्खेतका दलित महिलालाई गोली हानी हत्या गरिएको बारे- प्रेस विज्ञप्ती
सुर्खेतका दलित महिलालाई गोली हानी हत्या गरिएको बारे- प्रेस विज्ञप्ती
Posted: March 16, 2010
प्रेस विज्ञप्ती
२०६६-११-२८ गते
सदियौ देखि जातिय छुवाछूतको मारमा परेका दलित समुदाय हरेक किसिमका उत्पीडन र अन्यायमा पर्दै आएका छन् । अहिले नयाँ नेपाल भनिरहेको अवस्थामा पनि उनिहरुको मानव अधिकारको कुनै सुनुवाई भएको पाईदैन । यसै मिति २०६६ फागुन २७ गते सिलसिलामा सुर्खेत र वर्दियाको सिमाना बबइमा सेनाले चलाएको गोली लागि सुर्खेत हरिहरपुर-२ का ३५ वर्षिय देविसरा वि क ३३ वर्षिय अमृता वि क र १२ बर्षिय चन्द्रकला वि क गरि तीन जना दलित महिलाहरुको मृत्यु भएको भन्ने समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
कुनै पनि घटनाहरु घट्नुमा निश्चित आधारहरु हुनुपर्दछ । घटनाका दोषीलाई कानूनी कारवाहीमा ल्याउनु जतिको स्वाभाविक मानिन्छ त्यतिकै रुपमा निर्दोष व्यक्तिहरुले पनि सजायको भागीदार बन्नु हुदैन । यसैले यस घटनामा पनि वास्तविक सत्यता के हो भनि उचित छानविन गरिनुपर्दछ । यदि मारिएका व्यक्तिहरु निर्दोष हुन भने यसमा संलग्न व्यक्तिहरुलाई कारवाही गरिनुका साथै पीडितलाई क्षतिपूर्ति दिलाउनका लागि पहल गर्न जोडदार माग गर्दछौं । साथै उक्त घट्नाको उचित छानविन गराउनका लागि पहल गर्न सम्पूर्ण न्यायप्रेमीराजनैतिक पार्टीहरु मानव अधिकारकर्मीहरु संचारकर्मीहरु प्राध्यापक तथा कानून व्यवसायीहरु र प्रशासनिक निकायहरुमा हामी तपशीलका संघ सस्थाहरु जोडदार माग गर्दर्छौ ।

तपशील
टेक वहादुर रैका केन्द्रीय का।वा।अध्यक्ष दलित गै।स।स महासंघ
मोहन ओड महासचिवआरडिएल नेपाल
विर्षलाल विश्वकर्मा डिएनएफ क्षेत्रीय संयोजक
कमला ज्ञावाली सिएुडिसि कैलाली
सावित्रा घिमिरे अध्यक्ष नेपाल राष्टिय दलित समाज कल्याण संघ कैलाली
शितलिसंह उखेडा सिएुडिसि कैलाली
मदन कुमार नेपाली उपाध्यक्ष दलित जनगरण माच कैलाली
सुरेश वि।s। अध्यक्ष राष्टिय दलित उत्थान संघ कैलाली
कमला वि।s। सचिव सामाजिक विभेद विरुद्ध राष्ट्रिय अभियान
मदन वि।सी अध्यक्ष विपन्न उत्थान केन्द्र कैलाली
भीम वहादुर सार्की अध्यक्ष ग्रामिण दलित माच नेपाल कैलाली
चन्द्र बहादुर वि।s अध्यक्ष दलित जागरण तथा शैक्षिक माच



« Go Back
Supporters / Sponsors :