दलित समाचार » खुंग्रीमा दलित भेला
खुंग्रीमा दलित भेला
Posted: March 8, 2010
रोल्पा - स्थानीय समस्याहरू सम्बोधन गर्नका लागि जिल्लाका दलितहरू संगठन विस्तारतिर लागेका छन् । गाउँगाउँमा भएका दलित अगुवाले जातीय संगठन बढाउन थालेका हुन् । यससम्बन्धी भेला जिल्लाको खुंग्रीमा अघिल्लो साता सकिएको छ । खुंग्रीका २, ३, ४ र ५ वडाका दलितको संयुक्त भेलाले त्रिपुरेश्वर दलित समूह गठन गरेको हो । समूह अध्यक्षमा कल्पना विक रहेकी छन् । ११ सदस्यीय समिति उपाध्यक्षमा वीरबहादुर परियार, सचिव कल्पना परियार, कोषाध्यक्ष राते परियार र सहसचिवमा मीना विक छन् । भेला गाउँका दलितको अधिकार सुनिश्चित गर्नका लागि जिल्लामा गठन गरिएको दलित समुदाय विकास मञ्चले गरेको हो । मञ्चकी ज्ञानु सुनारका अनुसार गाउँमा गरिबीका कारण दलितहरूले पाएको दुःख हटाउन यस्तो अभियान थालिएको हो ।
श्रोत: www.ekantipur.com

« Go Back
Supporters / Sponsors :