दलित समाचार » दलितद्वारा धर्ना |
||
| दलितद्वारा धर्ना
Posted: March 8, 2010 दैलेख, फाल्गुन २४ - छुवाछूतविरुद्धको मुद्दा प्रहरीले दर्ता नगरेको भन्दै दलित समुदायका अगुवालगायत दलित अधिकारमा कार्यरत स्थानीय गैससहरूले सोमबार २ घन्टा जिल्ला प्रहरीमा धर्ना दिएका छन् । गत साता चामुण्डा गाविसको सञ्चालित गाउँ परिषद्मा दलितका लागि बजेट विनियोजनको मागसहित गएका दलित युवालाई अपशब्द प्रयोग गरिएको थियो । गाविस सचिव कमलापति जैसीले गाउँ परिषद्मै दलितहरूलाई तुच्छ शब्द प्रयोग गरेको दलितहरूले आरोप लगाएका हुन् । उनीविरुद्ध छुवाछूत र भेदभाव कानुनअन्तर्गत जिल्ला प्रहरीमा उजुरी दर्ता गर्न आएका दलित अगुवाहरूलाई प्रहरी कार्यालय प्रमुख राजेन्द्रसिंह खडकाले इलाकास्तरीय प्रहरी चौकीमा उजुरी दिन अह्राएका थिए । कानुनी उपचार स्थानीयस्तरमा हुन नसक्ने भएकाले आफूहरू जिल्ला प्रहरीमा धर्ना दिन बाध्य भएको दलित अगुवा दिनेश विकले बताए । « Go Back |
Supporters / Sponsors :
