दलित समाचार » भूमिहीन दलितलाई च्याउखेती गर्न कृषि कार्यालयद्वारा सहयोग |
||
| भूमिहीन दलितलाई च्याउखेती गर्न कृषि कार्यालयद्वारा सहयोग
Posted: March 8, 2010 परासी । नवलपरासीको पाल्ही गाविसका भूमिहीन दलितका लागि च्याउखेती गर्न जिल्ला कृषि विकास कार्यालयले सहयोग गर्नेभएको छ । गाउँलेको प्रयासमा हालै पाल्ही-४ लोहरोली दलितबस्तीलाई नमुनाबस्ती बनाउने निर्णय गरिएकोले सो ठाउँका दलितलाई आयआर्जन गराउने उद्देश्यले आवश्यक तालिम दिएर च्याउ उत्पादन गर्न कार्यालयले सहयोग गर्नेभएको हो । नवलपरासीको सदरमुकाम परासी बजारबाट करिब १० किलोमिटर दक्षिणी क्षेत्रमा पर्ने सो बस्तीमा रहेका ३० घरधुरीमध्ये २७ घरधुरी दलित छन् । कृषि कार्यालयद्वारा उक्त नमुना दलितबस्तीमा बीउबीजन, आवश्यक तालिम र अन्य प्राविधिक सेवा निःशुल्क दिइने कार्यालय प्रमुख रामानन्द कुर्मीले बताउनुभयो । पहिलो चरणमा खेतीबारी नभएका दलितलाई घरभित्रै च्याउ उत्पादन गरेर आम्दानी गर्न सकुन् भनेर च्याउखेती गराउन खोजिएको उहाँले बताउनुभयो । च्याउ खेतीमा बढीमा एक हजार लगानी गरेर एक महिनाभित्रै करिब छ हजारसम्म आम्दानी गर्नसक्ने भएकाले पहिलो प्राथमिकतामा च्याउखेती राखिएको उहाँको भनाइ थियो । « Go Back |
Supporters / Sponsors :
