दलित समाचार » 'मैले छोएको पानी चलेन': नायिका विद्या कार्की |
||
| 'मैले छोएको पानी चलेन': नायिका विद्या कार्की
Posted: February 24, 2010 काठमाडौं- चरित्र अभिनेत्री विद्या कार्की केही महिनाअघि काठमाडौंको इन्द्रायणी गाविसमा चलचित्र सुटिङको क्रममा पुगेकी थिइन् । उनी पँधेरोनजिक बाटोमा बसेकी थिइन् । पँधेरोबाट पानी बोकेर आएका केही महिला 'यी कमिनीले छोलिन् है' भन्दै तर्किएर हिँडे । केही क्षणमा चारजना महिला आएर बाटोमा पानी छुन खोज्ने भन्दै गाली मात्र गरेनन्, 'टेलिभिजनमार्फ छुवाछुत हुँदैन भनेर उच्च जातकी बुहारी घरमा भित्र्याउने यो कमिनी बूढीलाई छाड्नु हुँदैन' भन्दै विद्याको कपाल जगल्टयाए । उनीहरूले कुटपिटसमेत गरे । तत्कालै सुटिङ युनिटका प्राविधिकले उनलाई सुरक्षा दिएका थिए । ती प्राविधिकले विद्या कार्की त क्षेत्री हुन् भन्दा पनि ती महिलाहरूले पत्याएनन् । त्यतिबेला उनले दलित महिलाको भूमिका निर्वाह गरेको जातीय छुवाछुतविरुद्धको विज्ञापन टिभीबाट प्रसारण भइरहेको थियो । तीन महिनाअघि फिल्म 'ठेगाना'को सुटिङका लागि भक्तपुरमा एक ब्राह्मण परिवारकी महिलासँग केही पुरानो सारी मागियो । विद्या कार्कीले त्यो सारी लगाएर अभिनय गरिन् । कमिनीलाई आफ्नो सारी लगाउन दिएको भन्दै सारीधनी महिलाले त्यो सारी लिन मानिनन् । विद्या कार्की दलित होइनन् भनेर निर्माण पक्षले सम्झाउँदा पनि नमानेपछि निर्माताले नयाँ सारी किनेर ती महिलालाई दिनुपरेको थियो । वृत्तचलचित्र जुनकीरीको छायांकनको क्रममा ललितपुरको डुकुमा पुगेकी विद्या कार्कीले त्यहाँ पनि अपमान सहनु पर्यो । एउटा घरमा सुटिङ गर्ने क्रममा घरभित्र पस्न लागेकी यी चरित्र अभिनेत्रीलाई घरमालिकले छिँडीमा समेत टेक्न दिएनन् । 'हामी बाहुन हौं, यी कमिनी बूढीले घरभित्र पस्न मिल्दैन, बरु यहाँ सुटिङ नगर्नू' भनेर ती घर मालिक जंगिए । त्यतिबेला विद्याले बूढी कमिनीको भूमिका निर्वाह गरेको टेलिफिल्म 'सम्झौता' टेलिभिजनबाट प्रसारण भइरहेको थियो । विद्या कार्की त क्षेत्रीको छोरी हुन् भनेर निर्देशकले ती घरमालिकलाई सम्झाएपछि बल्ल उनले घरभित्र पस्न पाइन् । यी त केही घटना मात्र हुन् । चरित्र अभिनेत्री विद्या कार्कीले दलितको रूपमा अपमान सहुनपरेका धेरै घटनाहरू छन् । थुप्रै ठाउँमा छायांकनको क्रममा उनलाई कमिनीबूढी र बोक्सीबूढी भनेर गाउँका बालबालिकाले ढुंगाले हिर्काउनसमेत बाँकी राखेका छैनन् । आजकाल सुटिङमा जाँदा आफू कार्की क्षेत्री हुँ भन्दै घरभित्र पस्ने अनुमति माग्छिन् । क्षेत्री भएर दलितको रूपमा हेरिनुको कारणबारे उनले भनिन्, 'मैले अभिनय गरेमध्ये अधिकांश टेलिसिरियलमा दलित महिलाकै भूमिका निभाएकी छु । फिल्ममा पनि दलित महिलाकै भूमिकामा प्रस्तुत हुने गरेकी छु ।' आफू कार्की भएर पनि आफूलाई 'कार्की कामी'को रूपमा दर्शकले हर्ेर्ने गरेको रहस्योद्घाटन उनले गरिन् । हुन पनि यी चरित्र अभिनेत्री प्रायः दलित तथा गरिब महिलाको भूमिकामा सिनेमा तथा टेलिफिल्ममा देखिन्छिन् । उनी प्रायः दलितकै भूमिकामा देखिने भएकाले महजोडीले टेलिफिल्म 'आमा' मा उनलाई दलित महिलाकै भूमिकामा उतारेका थिए । महजोडीसँग दलित महिलाले काम गरेको भन्दै कतिपय दलित महिलाले आफूलाई बधाई दिएको स्मरण पनि उनले सुनाइन् । 'अभिनयकै कारण मेरा दलित पmयानहरू नै बढी छन् ।' आमा, दलन, सम्झौता, घैंटोको घामसहित १५ ओटा टेलिलचचित्र, सातओटा विज्ञापन र एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा दलित महिलाको रोल गरेको उनले फेहरिस्त नै प्रस्तुत गरिन् । फिल्म बिन्तीपत्र, सन्देशमा पनि दलित महिलाकै भूमिकामा उत्रिएकी यी चरित्र अभिनेत्रीको दलितसँग दर्शक र कलाकारबाहेक कुनै नाता छैन । आफ्नो थर प्रस्टयाउँदै उनले भनिन्, 'मेरा माइती ललितपुर नक्खुका झर्रर्ाास्नेत हुन् । मेरा श्रीमान् पनि झर्रर्ााार्की हुन् ।' पर्दामा दलित महिलाकै भूमिका जम्ने उनलाई दलित भनेर समाजमा दर्ुर्व्यवहार गर्दा भने दुःख लाग्दो रहेछ । 'छुवाछुत हटाएर नयाँ नेपाल बनाउने अभियान चालेको बेला मजस्ता कलाकारलाई त दलित भनेर गाउँमा छुवाछुत र भेदभाव गरिन्छ । गाउँमा झन् दलित महिलाहरूले कति भेदभाव सहनुपरेको होला,' उनले भनिन् । गैरदलितबाट गालीगलौज र मुक्का खाएकी यी चरित्र अभिनेत्रीलाई दलितहरूले भने निकै माया गर्दा रहेछन्, 'सुटिङ गर्न गाउँतिर जाँदा दलित महिलाहरूले आफ्नो घरमा लगेर खुवाउन बाँकी राख्दैनन् । यसरी दलितको घरमा खाएको देखेर पनि गैरदलितले आफूलाई दलित नै ठान्दा रहेछन् ।' विद्याले भनिन्, 'म छुवाछुतको विपक्षमा छु । मैले गर्दै आएको दलितको भूमिकाका कारण दलित महिला भन्दै हातपात गर्दा मलाई पीडाभन्दा आफ्नो अभिनय सफल भएजस्तो लाग्छ ।' अरूले आफूलाई दलितको भूमिका सुहाउने गरेको बताएपछि यी चरित्र अभिनेत्रीले आफूलाई पर्दामा दलित बनाउन त्यत्तिकै मेहनत गर्न थालेकी छन् । एक सुटकेस थोत्रा सारी देखाउँदै उनले भनिन्, 'गाउँमा सुटिङमा जाँदा नयाँ सारीसँग त्यहाँका गरिब तथा दलित महिलासँग साटेर ल्याएँ ।' फाटेका ती सारी, चोलोले आफूलाई दलित तथा गरिब महिला बन्न निकै सघाएको पनि उनको दाबी छ । गाउँमा जाँदा त्यहाँका गरिब तथा दलित परिवारका वृद्ध महिलालाई भेटेर उनले ती महिलाको संगत गर्दी रहिछन्, 'उनीहरूको हाउभाउ र अवस्थालाई म अभिनयमा ढाल्ने गर्छु ।' २१औं शताब्दीमा पनि छुवाछुत प्रथा कायम भएकाले त्यसका विरुद्ध आफूले दलित महिलाको भूमिका निर्वाह गर्दै आएको उनले बताइन् । अन्त्यमा आफू दलित नभएको जिकिर गर्दै भनिन्, 'सिनेमामा दलित महिला बन्ने म क्षेत्रीकी छोरी हुँ । मलाई बाटाघाटामा शंकालु रूपमा नहर्ेन र दलितको रूपमा दर्ुर्व्यवहार नगरिदिन अनुरोध छ ।' श्रोत: राजधानी दैनिक २०६६ - फागुन - १२ « Go Back |
Supporters / Sponsors :
