दलित समाचार » दलित समुदायको अभिमुखिकरण गोष्ठी सम्पन्न |
||
| दलित समुदायको अभिमुखिकरण गोष्ठी सम्पन्न
Posted: February 24, 2010 भाषा शर्मा/ फागुन ११ । बागलुङ फागुन ११ । गैरसरकारी संस्था महासंघ बागलुङको अयोजनामा मंगलबार बागलुङमा भएको सामाजिक आर्थिक क्षेत्रमा गरिब र दलित समुदायको पहुँचमा सुधार विषयक १ दिने अभिमुखिकरण गोष्ठीमा मन्तव्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी भरत पौडेलले सामाजिक परिवर्तनका लागि सामन्ती सोंचमा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । कार्यक्रममा डिएनएफ कार्यक्रमका अधिकृत उद्विर नेपालीले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा एकीकृत नेकपा माओवादीका हेमराज आचार्य नेकपा एकीकृतका लालबहादुर छन्त्याल उत्पीडित दलित समुदायको साजाल बागलुङका अध्यक्ष धनबहादुर परियार गैरसरकारी संस्था महासंघका सचिव वैकुण्ठ सापकोटा प्रेस चौतारी बागलुङका सचिव दिपक गौतम लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । यस्तै बार इकाई बागलुङका अध्यक्ष राजु गौतम समाजसेवी केवि राना मगर एलएफपी बागलुङका प्रवन्धक लिला पौडेल अपाङ्ग बाल अस्पताल बागलुङका लक्ष्मण थापा गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य चण्डीप्रसाद शर्मा अधिवक्ता सरिता केसी राम शर्मा डिसीआरडिसीका अध्यक्ष इश्वर राजभण्डारी लगायतले पनि बोल्नु भएको थियो । डिएनएफ बागलुङका अध्यक्ष मनोज कुमार विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य परशुनारायण बोहोरा र साचालन सचिव सुजाता बोहोराले गर्नु भएको थियो । « Go Back |
Supporters / Sponsors :
