दलित समाचार » भगत सर्वजीत दलित गणराज्य सम्भावना र औचित्य विषयक गोष्ठी सम्पन्न
भगत सर्वजीत दलित गणराज्य सम्भावना र औचित्य विषयक गोष्ठी सम्पन्न
Posted: February 9, 2010
२६ माघ २०६६
कुश्मा पर्वत
धवलागिरी दलित समुदायको संजालले स्थानिय स्वाशासन सहितको भगत सर्वजीत दलित गणराज्य घोषणाको औचित्य सम्बन्धमा पर्वत जिल्लाको सदरमुकाममा धवलागीरी दलित संजालको आयोजनामा विभिन्न राजनैतिक दल दलित अधिकारकर्मी नागरिक समाजका प्रतिनिधि पत्रकारहरुको सहभागितामा एक दिवशिय विचार गोष्ठि सम्पन्न भएको छ । विचारगोष्ठिका सहभागिहरुले यदी सवै जातजातिले जातीय राज्यको माग गर्ने सर्दन्भमा दलित समुदायले पनि जातीय राज्य माग गर्नु कुनै नौलो विषय बस्तु होईन दलितले पनि जातीय राज्य पाउनु पर्दछ भन्ने विचारहरु व्यक्त गर्नुभएको थियो । कार्यक्रम संजालका संयोजक अधिवक्ता याम बहादुर चर्मकारको अध्यक्षता तथा संचालन सचिव जीत बहादुर नेपाली गर्नु भएको थियो । कार्यक्रममा संधियमा दलित र धवलागिरीमा भगत सर्वजीत दलित गणराज्य सम्भावना र औचित्य विषयक कार्यपत्र अधिवक्ता उदवीर नेपालीले गर्नुभएको थियो ।

थप जानकारी

कार्यक्रम अध्यक्षता ः याम बहादुर चर्मकार
कार्यपत्र प्रस्तुती ः उदवीर नेपाली
सहभागिका विचारहरु ः
भिम रसाईली मुस्ताङ्ग
संरचना मात्र परिवर्तन गरेर अधिकार सुनिश्चित हुन्छ भन्न सकिदैन दलितका लागि गास बास कपास शिक्षाको ग्यारेन्टि हुनुपर्दछ ।
दुर्गा बहादुर दर्जी
अभियान सकरात्मक छ ।
मनोहर विश्वकर्मा पौडेल ः
जातीय राज्यमा देशलाई विभाजन गरिनु हुदैन तर सवै जातजातीले जातका आधारमा राज्य माग गर्ने हो भने दलित समुदायले पनि दलितको राज्य पाउनुपर्दछ ।

दुर्गा शर्मा ः प्रेश चौतारी केन्द्रिय उपाध्यक्ष
द्धन्द्धलाई रुपान्तरण गर्ने टुल्सको रुपमा संविधानसभाको निर्वाचन र राज्यको पुर्नसंरचना भन्ने विषयबस्तु आएका हुन । जातीय रुपमा विभिन्न जातीले आफनो संरचनाहरु निर्माण गर्ने कार्य भएको जसले गर्दा झन द्धन्द्ध वढन सक्ने सम्भावना देखिएको छ । यसले देशलाई फाईदा पुर् याउदैन ।
सबैले जातीय राज्य घोषणा गर्ने कार्य भएकाले दलितले पनि खोज्नु कुनै नौलो विषय होईन
संघीयताको विषयमा गंभिर हुन जरुरी छ दलित राज्यको मागलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल चलाउनु पर्दछ
ओम प्रकाश घायल सभापती नेपाल प्रत्रकार महासंघ
संघीयतामा जाने निर्यण विभिन्न पार्टी तथा राज्यले गयो
जातीयताको विषयमा आ आफनो अस्तित्व पहिचान खोज्ने विषय चर्को रुपमा उठेको छ
जातीय राज्य नेपालको लागि घातक छ जातीयताको लडाई आन्दोलन लाई कसरी समायोजन गर्न सकिन्छ भन्ने विषयमा राजनैतिक दल तथा नागरिक समाजले गंभिर छलफल चलाउन जरुरी छ
विकेन्द्रिकरणको सिद्धान्त बमोजिम अधिकारलाई तल्लो ईकाइ सम्म पुयाउनु पर्दछ
विभिन्न जातजातीले राज्य माग्नु भनेको एकिकृत राज्यलाई टुक्राटुक्राका गरेर अग्रगमनको रुपमा अगाडी जानु भन्दा प्रतिगमनतिर जानु हो । जातीय राज्य माग गर्नुभनेको मुलुक र जनताको लागि घातक सावित हुन सक्छ नेपाल दुर्घटनामा पर्न सक्छ । तर यसो भनी रहदा सवैले जातीय राज्य पाउने हो भने दलित पनि छुट्नु हुदैन
गोविन्द पहाडी अध्यक्ष गैर सरकारी संस्था महासंघ
आजको विचार गोष्ठिको शिर्षक नै वडा मजाको छ
सवै जातीले राज्य मागे भनेको दलितले पनि माग्न कुनै फरक पर्दैन
तर राष्टिय स्तरमा जातीय राज्य खोज्नु भने वेठिक हो जातको आधारमा राज्य खोज्ने कुरालाई निरुसाहित्व गर्न सकियो भने मात्र हाम्रो चेतना त्यहाँनेर देखिन्छ र सार्थकता पनि त्यहिनै हो
तेजेन्द्र पौडेल सचिव नेकपा एकिकृत
अधिकारको लागि माग्नु ठिक हो
संघियतामा गईयो भने सवैखालका विभेदको अन्त्य हुन्छ भन्ने मिठो सपना बाडियो तर यो नै गलत हो
जातीयताका आधारमा राज्य माग्नु भनेको सांप्रादायिक द्धन्द्ध बढाउनु हो ।
१०२ जाती भएको देशमा जातीय राज्य माग्नु भनेको देशलाई विखण्डन गर्नु हो ।

भक्त कुँवर सचिव नेकपा एमाले
जातीय राज्यको अवधारणाको नेकपा एमाले घोर विरोध गर्दछ जातीय राज्यको विरोध गर्दछ
जातीय राज्य घोषणा गर्नुभनेको गलत हो
वर्गिय मुक्तिको लागि लागेका हामी वामपन्थिहरुले कुनै पनि हालतमा जातीय राज्य निर्माण गर्न सक्दैनौं सदिऔ देखि पिछडिएका दलित समुदायका अधिकारलाई सुनिश्चित गर्न संविधानमा नै व्यवस्था गर्न सकिन्छ । सवैले जातीय राज्य माग गरेको सन्र्दभमा दलितले पनि माग गर्नु कुनै नराम्रो कुरा होईन ।

कृष्ण गौडेल ः प्रतिनिधि नेपाली काँग्रेस
यहाँहरुका धारणा विचारहरुलाई नेपाली काँग्रेसले पुर्ण समर्थन गर्न चाहान्छ ।
वाईसी चौविसे राज्यलाई एकिकृत गरेर विशान नेपाल बनेको थियो तर अहिले विशाल नेपाललाई क्षणिक स्वार्थको लागि आफनो विचारलाई अगाडी ल्याउनको लागि जातीय राज्यको कुरा गर्नुभनेको घातक हो
भौगोलिक प्राकृतिक श्रोत साधनको हिसावले मात्र संघियताको कुरा गर्नुपर्दछ नेपाली काँग्रेसको आधिकारी विचार नै यहि हो ।
जातीय संगठन हरु निर्माण गर्नु भनेको नेपालको लागि कुनै हातलमा राम्रो होईन
अधिकारको लागि माग गर्नु भनेको राम्रो कुरा हो दलित उत्पीडित निमुखाको पक्षमा रहेर हामी होस्टेमा हैसे गर्न तयार छौं जातीय आधारमा संघियतामा जानु हुदैन । यदि जातको नाममा सबैले राज्य पाउने नै हो भने दलितले पनि पाउनु पर्दछ

कृष्ण वि।s।सेक्रेटरी ए।नेकपा माओवादी
यो विषय गम्भिर हो सानो बसाई छलफलले मात्र संघियताको विषयमा प्रष्ट बन्न सकिदैन यसका लागि लामो समयकै बसाई हुनु पर्दछ
सवाल उठनु सकरात्मक कुरा हो तर समाधानको विषयमा गंभिर भएर छलफल गरिनु पर्दछ
संघियतामा जादा हामीले बुझनु पर्ने भनेको विगतको ईतिहासलाई विस्रनु हुदैन राज्यले दलितलाई विभेद उत्पीडनमा पारयो । क्षेत्र भौगोलिक प्राकृतिक श्रोत साधनको क्षेत्रमा राज्यले विभेद गरयो
यी पिडाबाट मुक्त हुन नै नेपालमा द्धन्द्धको शुरुवात भएको हो ुसवै विभेदबाट मुक्त हुनका लागि राज्यलाई संघियतामा लैजानु पर्ने बाध्यता परेको हो
ईतिहासमा भएका विभेदको संवोधन संघिय राज्यमा भएको हुनुपर्दछ
राज्यका विभिन्न नामकरण किन गरयौं भने तमुवान आदिमकाल देखि बस्तै आएका जातजातीलाई राज्यले विभेद गरयो जातीगत हिसावले त्यो विषय संवोधन हुनुपर्दछ । अन्याको हिसावले आदिवासी जातीको रुपमा बसोवास गर्दै आएकाले सापेक्षित रुपमा सवभन्दा बढि उत्पीडनमा परेका जातीका सवालहरुलाई संवोधन गयो भनेमा मात्र
भारतमा पंजावी जाती बसेको कारणले पंजाब राज्य बनेको छ गुजरात राज्य बनेको छ ।
इतिहासमा राज्यको सिमांकन विभिन्न स्वार्थका कारण भयो
२ घण्टाको समयमा जनताको प्रशासनिक रुपमा पहुँच पुग्ने तरिकाले राज्यको पुर्नसंरचना गरिनु पर्दछ
धवलागिरीको सन्र्दभमा दलित तेस्रो स्थानमा छौ भने राज्यको संरचना रोजगारी शिक्षा स्वास्थ्यमा तेस्रो स्थानमा छौ कि छैनौ त्यो अवस्थामा पुग्नका लागि दलितलाई अग्राधिकार चाहिन्छ ब्राहमण क्षेत्रीले विभिन्न समुह संगठन बनाएर अधिकार खोज्नु के नेपालको सन्र्दभमा ठिक हो त्यो कति उपयुक्त हुन्छ
त्यो भनेको समाजलाई यथास्थितिमा राख्नु हो समाज परिवर्तन गर्न नखोज्नु हो ।
समापन ः
याम चर्मकार सभाअध्यक्षसंयोजक धवलागिरी दलित संजाल

« Go Back
Supporters / Sponsors :