दलित समाचार » आमन्त्रण: वृहत अन्तर्क्रिया कार्यक्रममा
आमन्त्रण: वृहत अन्तर्क्रिया कार्यक्रममा
Posted: February 4, 2010
संविधानसभा, व्यवस्थापिका–संसदमा प्रस्तुत जातीय भेदभाव र छुवाछूत (कसुर र सजाय) सम्बन्धी विधेयक–२०६६ माथि आवश्यक संशोधन” विषयक वृहत अन्तर्क्रिया कार्यक्रम
मिति : २०६६ माघ २४ गते आइतबार
समय : दिनको १२:३० बजे
स्थान : राष्ट्रिय सभागृह, भृकुटीमण्डप, काठमाडौ
____________________________

नेपाली दलित मुक्ति आन्दोलनका साझा राजनीतिक मुद्दाहरुमा न्यूनतम सहमति कायम गर्दै राजनैतिक दलित संघ /संगठनहरू र सरोकारवाला सबै पक्षका बीचमा हुने एकता र सहकार्यबाट मात्र दलित समुदायका आधारभूत मुद्दाहरू सम्बोधन हुन सक्ने ठहरका साथ नेपालमा क्रियाशील प्रमुख राजनीतिक दलित संघ/संगठनहरुको पहलकदमी र सहभागितामा “संयुक्त राजनीतिक दलित संघर्ष समिति– २०६६” गठन गरिएको व्यहोरा यहाँलाई अवगत नै छ। संघर्ष समितिले नेपालमा विद्यमान प्रमुख राजनीतिक पार्टीहरू, प्रधानमन्त्री र संविधानसभाका अध्यक्षसमक्ष दलित समुदायका साझा राजनीतिक मागहरूलाई ज्ञापनपत्रमार्फत बुझाइसकेको छ। हालै मात्र सरकारले संविधानसभा, व्यवस्थापिका–संसदमा “जातीय भेदभाव र छुवाछूत (कसुर र सजाय) सम्बन्धी विधेयक–२०६६” पेश गरेको छ तर सो विधेयकले दलित मुक्ति आन्दोलनका वास्तविक मुद्दाहरुलाई सम्बोधन गर्न सकेको छैन। सो विधेयकमा जातीय भेदभाव र छुवाछूतलाई राज्य तथा मानवता विरुद्धको जघन्य अपराध पनि स्वीकार नगर्नु र सार्वजनिक स्थानमा मात्र छुवाछूत गर्न पाईदैन भन्नुले दलित मुक्ति आन्दोलनका आधारभूत मुद्दालाई समेत उपेक्षा गरेको छ। सो विधेयकमाथि माननीय सभासदहरूबाट संशोधन प्रस्ताव व्यवस्थापिका–संसदको सचिवालयमा दर्ता पनि भइसकेको छ। यस परिप्रेक्षमा सदनमा प्रस्तावित सो विधेयकलाई आवश्यक संशोधन बिना पारित गर्नुको कुनै अर्थ रहंदैन। प्रस्तावित विधेयकको विरुद्धमा हाम्रो यो संघर्ष समितिले यही माघ १८ गते देशव्यापीरुपमा सम्पूर्ण जिल्ला प्रशासन कार्यालय र राजधानीमा संविधानसभाको भवन अगाडी नयाँ बानेश्वर चोकमा १ घ48टा जनप्रदर्शनसहित धर्ना कार्यक्रम सम्पन्न गरिएको कुरा पनि अवगत गराउँदछौं। यो विधेयकलाई आवश्यक संशोधनसहित पारित गराउने उद्देश्यका साथ राजनीतिक पार्टीका प्रमुख नेतृत्वपंक्तिको समुपस्थितिमा तपशील बमोजिमको मिति, समय र स्थानमा “संविधानसभा, व्यवस्थापिका–संसदमा प्रस्तुत जातीय भेदभाव र छुवाछूत (कसुर र सजाय) सम्बन्धी विधेयक–२०६६ माथि आवश्यक संशोधन” विषयक वृहत अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा यहाँको गरिमामय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं।

मिति : २०६६ माघ २४ गते आइतबार
समय : दिनको १२:३० बजे
स्थान : राष्ट्रिय सभागृह, भृकुटीमण्डप, काठमाडौ।

आयोजक समितिको तर्फबाट :
परशुराम रम्तेल
सुरज विश्वकर्मा
प्रभुहजारा पासवान

संयुक्त राजनीतिक दलित संघर्ष समिति–२०६६ काठमाडौं


« Go Back
Supporters / Sponsors :