दलित समाचार » दलित र महिला आन्दोलन संगै जानुपर्छ - आचार्य
दलित र महिला आन्दोलन संगै जानुपर्छ - आचार्य
Posted: January 27, 2010
संविधानसभा संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले दलित आन्दोलनले महिला आन्दोलनलाई समेत समेट्नुपर्ने बताउनुभएको छ । जागरण मिडिया सेन्टरले मंगलबार राजधानीमा आयोजना गरेको नयाँ संविधान र दलित अधिकार विषयक अन्तर्क्रिया कार्यक्रममा उहाँले दलितको हक, अधिकार सुनिश्चित गर्नका लागि सामाजिक मनस्थितिमा परिवर्तन गर्न जरुरी छ भन्नुभयो ।

सभासद् परशुराम रम्तेलले छुवाछुत तथा जातीय विभेदबिरुद्धको ऐन संशोधन गरी पारित गरिनुपर्नेमा जोड दिनुभयो । बुद्धिजीवी डा. मदन परियार, पदमलाल विश्वकर्मालगायतले दलितको आत्मसम्मानका साथ बाँच्न पाउने अधिकार, उच्चशिक्षा तथा रोजगारीको अधिकारका साथ अब बन्ने संविधानमा समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्ने धारणा राख्नुभयो ।
« Go Back
Supporters / Sponsors :