दलित समाचार » आयोगमा नयाँ पदाधिकारीहरुको नियुक्ति |
||
| आयोगमा नयाँ पदाधिकारीहरुको नियुक्ति
Posted: January 18, 2010 राजेन्द्र विश्वकर्मा यही असार १८ गते देखि राष्ट्रिय दलित आयोग पदाधिकारी विहिन रहेको थियो । यसलाई अन्त्य गर्दै यही मिति २०६६ पौष २२ गते बसेको मन्त्री परिषद्को बैठकले आयोगलाई पदाधिकारी सम्पन्न गराएको छ । नेपालका दलित समुदायको एकमात्र आयोग विगत ६ महिना देखि पदाधिकारी विहीन हुदा आयोगबाट हुने सम्पूर्ण कामकाजहरु देखि लिएर निती निमार्ण र निर्णय गर्ने कार्य हुन सकेका थिएन । जसको कारणबाट नेपालका दलित समुदायहरुले धेरै समस्याहरु भोग्न बाध्य भएका थिए । नवनियुक्त अध्यक्षमा विजुल विश्वकर्मा दाङ्ग सदस्य सचिवमा जीवन परियार कास्की रहनु भएको छ भने सदस्यहरुमा गोविन्दबहादुर नेपाली पर्वत रामकृष्ण लकान्द्री तेह्रथुम खडक नेपाली स्याङ्गजा ज्ञानुदेवी सार्की डडेलधुरा दोबाटे विके तनहुँ निर्मल देउला पोडे काठमाडौं रामकिसुन मण्डल सिराहा घनश्याम लोहार कन्चनपुर रुपबहादुर परियार अछाम काबुली पानमान सिराहा गया हजारा दुसाध पसा्र शिवशंकर ठाकुर बारा र मिना स्वर्णकार दाङ्ग रहनु भएको छ । « Go Back |
Supporters / Sponsors :
