दलित समाचार » धौलागिरी क्षेत्रलाई भगत सर्वजित उपगणराज्य घोषणा गरिने |
||
| धौलागिरी क्षेत्रलाई भगत सर्वजित उपगणराज्य घोषणा गरिने
Posted: December 28, 2009 धौलागिरीको अंचल सदरमुकाम बागलुङ बजारमा जम्मा भएका धौलागिरी अंचलका दलितहरुले धौलागिरी अंचल स्तरिय एक भेलाले अधिकारकर्मी हिरा विश्वकर्माको प्रमुख आतिथ्यतामा अधिवक्ता यामबहादुर चर्मकारको अध्यक्षतामा यही २०६६ साल पौष १२ गते १७ सदस्यीय उत्पीडित दलित समुदायको संजाल धौलागिरीको तदर्थ समिति गठन गरेका छन । यस गठनको अवसरमा बोल्दै नवनिर्वाचित तदर्थ समितिका अध्यक्ष प्रमुख अतिथि र पदाधिकारीले आगामी दुई महिनाभित्र दलितहरुको बाहुल्यता रहेको धौलागिरी क्षेत्रलाई भगत सर्वजित उपगणराज्य घोषणा गरिने र त्यसका लागि आवाश्यकता पर्ने पूर्वतयारीमा लाग्दै आर्थिक सहयोग संकलन अभियान अगाडी बढाएको छ । सहयोग गर्न सम्बन्धित सवैलाई संजालले अपिल गरेको छ । अहिलेसम्म भगत सर्वजित गणराज्य घोषणा गर्न हिरा विश्वकर्मा गोगबु काठमाण्डौं रु छ हजार यामबहादुर चर्मकार बाग्लुंग रु छ हजार गोविन्द नेपाली बाग्लुंग रु पाँच हजार परशुनारायण बोहरा बाग्लुंग रु पाँच हजार हर्कमान विक बागलुङरु पाँच हजार टक बहादुर बोहरा बागलुङ रु पाँच हजार नविन किसान बागलुङरु पाँच हजार सुजाता बोहरा बागलुङरु पाँच हजार दुर्गा बहादुर दर्जी पर्वत रु पाँच हजार गोविन्द विकपर्वत रु पाँच हजार जीत बहादुर नेपाली पर्वतरु पाँच हजार गंगा नेपाली पर्वतरु पाँच हजार मनमाया नेपाली पर्वतरु पाँच हजार निर्मल नेपाली पर्वत रु पाँच हजार प्रेम बि।s। पर्वत रु पाँच हजार धन बहादुर लम्साल लमजुङरु पाँच हजार कृष्ण मिजार बर्दिया रु पाँच हजार मनोज कुमार विकबागलुङरु पाँच हजार ओम बहादुर बिकम्याग्दी रु पाँच हजार बल बहादुर परियार म्याग्दी रु पाँच हजार गोरी दर्जी म्याग्दी रु पाँच हजार सहयोग गरि सक्नु भएको छ । अहिलेसम्म रु एक लाख दुई हजार जम्मा भएको छ । « Go Back |
Supporters / Sponsors :
